कोरोनाका थप २७९ सङ्क्रमित, कुल सङ्ख्या ४३६४ पुग्यो

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा, जेठ २८। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएअनुसार नेपालमा कोरोना भाइरसबाट थप २७९ सङ्क्रमित भएका छन् । पछिल्लो नतिजा अनुसार २५७ जना पुरुष र २२ जना महिला सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या चार हजार ३६४ पुगेको छ । चार हजार ५५ पुरूष र ३०९ महिला सङ्क्रमित भएका छन ।
थपिएका सङ्क्रमित मा २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । त्यसैगरी, बुधबार थप ९० डिस्चार्ज भएकाले कुल निको हुनेको सङ्ख्या ६७४ पुगेको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् । आइसोलेसनमा तीन हजार ६७५, क्वारेन्टाइनमा एक लाख ७२ हजार २६६ रहेका छन् । आरडीटी र पीसीआर परीक्षणको सङ्ख्या एक लाख १० हजार ७४४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *