न्युजिल्यान्ड कोरोना भाइरसमुक्त

अन्तराष्ट्रीय खबर मुख्य समाचार

एजेन्सी । न्युजिल्यान्डले सोमबारदेखि आधिकारिक रूपमा कोरोना भाइरस कोभिड–१९० मुक्त भएको घोषणा गरेको छ छ । त्यसैगरी प्रधानमन्त्री जसिन्डा आर्डर्नले भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको सबै प्रतिबन्धलाई फुकुवा गर्ने घोषणा गरेकी छन् । विगत १७ दिनदेखि कुनै पनि नयाँ संक्रमण नभेटिएको रकोरोना भाइरसका कारण संक्रमित अन्तिम व्यक्ति अस्पतालबाट डिस्चार्ज भएसँगै आधिकारिक रूपमा न्युजिल्यान्ड कोरोना भाइरसमुक्त भएको हो । । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रफुल्लित मुद्रामा देखिएकी आर्डर्नले देशमा लगाइएको सबै प्रकारका प्रतिबन्धलाई समेत खुला गरेकी छन् । यद्यपि अन्तर्राष्ट्रिय हवाई यातायातमा लगाइएको प्रतिबन्ध भने तत्काललाई हटाइएको छैन । सोमबारदेखि नै सार्वजनिक तथा व्यक्तिगत कार्यक्रमका साथै सार्वजनिक सवारी र अन्य सबै प्रकारका व्यवसायलाई सामाजिक दूरीबिना नै सामान्य रूपमा सञ्चालन गरिने भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार गत फेबु्रअरीको २८ तारिखमा पहिलो संक्रमण देखिएको न्युजिल्यान्डमा यसका कारण २२ जनाले ज्यान गुमाएका थिए भने १ हजार ५ सय ४ संक्रमणको सिकार बनेका थिए । संक्रमितको संख्या १ सय पुग्नेबित्तिकै न्युजिल्यान्डले देशकै उच्च तहको सुरक्षा सतर्कता अपनाउँदै लेभल–४ को प्रतिबन्ध कार्यान्वयन गरेको थियो । पूर्णतःलकडाउन गरी संक्रमण नियन्त्रणका लागि काम गरेको न्युजिल्यान्डले संक्रमण देखिएको करिब ३ महिनाकै अवधिमा संक्रमणलाई नियन्त्रणमा लिन सफल बनेको थियो ।
विश्वमै सफल नेतृका रुपमा परिचित प्रधानमन्त्रीले आफ्नो देश कोरोना भाइरस मुक्त भएकोमा खुसी भएर उनले देशलाई कोरोनामुक्त बनाउनका लागि आफूहरुले मात्र नभएर देशमा रहेका सबै ५० लाख जनताको एक टिमले काम गरेका कारण सफल बनेको बताएकी थिइन् । भाइरस नियन्त्रणका लागि गरेको सबै कार्यलाई सम्पूर्ण जनताले प्रशंसा मात्र गरेका थिएनन् कि अन्तिमसम्म साथ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *