कास्कीका तीनजनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुग्यो

मुख्य समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा, जेठ २४ । कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ र पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ । त्यसैगरी गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयकाअनुसार शनिबार स्याङ्जाका १०, कास्कीका ३, नवलपरासीका ३ र बागलुङका १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्य नवलपरासीको स्वाब भरतपुर अस्पताल चितवनमा परीक्षण गरिदै आएको र अन्य जिल्लाको पोखरामै परीक्षण गरिदै आएको छ । शनिबार पुष्टी भएका सबै संक्रमितहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा स्याङ्जाको वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षीय पुरुष, हरिनास गाउँपालिकाका १८ र ४० वर्षका पुरुष रहेका छन् । कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ र पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुष, नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३९ वर्षीय पुरुष रहेका छन् ।
गण्डकी प्रदेशमा हालसम्म स्याङ्जामा २३ जना, बागलुङमा १९, नवलपरासी पूर्वमा १३, पर्वतका ९, कास्कीमा ३, तनहुँका ३ जना, म्याग्दीका २ जना र लमजुङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको परीक्षणमा कोरोनाको संक्रमण पुष्टी गरेका पोखरा महानगरपालिका वडा नं। ८ का एक व्यक्ति केही दिन अगाडि उपचारका लागि काठमाडौं गएका थिए । पोखरामै बेहोस भएर ढलेका ति व्यक्तिलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *