थप २७८ सङ्क्रमित, कुल सङ्ख्या २९१२ पुग्यो, निको हुनेको संख्या ३३३, मृतक संख्या ११
पोखरा, जेठ २३ । नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएअनुसार नेपालमा शुक्रबार कोरोना भाइरसका २७८ सङ्क्रमित थपिएका छन । यो सँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुईहजार ९१२ सङ्ख्या पुगेको छ । शुक्रबार ४३ जना थप डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ । त्यस्तै नेपालमा कोरोनाका कारण मृत्युहुनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरीका २८ वर्षीया पुरुष रहेका छन ।
मोरङ २, पर्सा १, झापा ५, ताप्लेजुङ १, सप्तरी १३, बारा १२, दाङ १५, मुगु १, दैलेख १०५, , खोटाङ ३, दैलेख ८, , धनुषा ५ सङ्क्रमित भएका छन् । ६८ जिल्लामा सङ्क्रमण भएको छ ।