कर्णाली प्रदेशमा थप ५९ जनामा संक्रमण, कुल संक्रमित १०५

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा, जेठ १८ । कर्णाली प्रदेशमा शानिवार रातीसम्ममा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या १०५ पुगेको छ ।
कर्णाली प्रदेशको समाजिक विकास मन्त्रालयले शानिवार राती जारी गरेको प्रेस विज्ञप्तिमा दैलेखमा १५ जना जना, कालिकोटमा १७ जना सल्यानमा २५ जना तथा बाजुरा र सुर्खेतमा एक एक जना गरी थप दुई जना संक्रमित फेला परेका थिए । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोगअन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परिक्षणमा जिल्लाका २५ जनामा कोरोना पोजेटिभ देखिएको हो । सो प्रयोगशालाले शनिवार राती जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
कोरोना संक्रमितहरू मध्ये वनगाड कुपिण्डे १ का १९, २०, ४०र ६० वर्षका गरी ४ जना, वडा नम्वर २ का १९ वर्षिय १ जना, वडा नम्वर ३ का १७, २७, २७ र ३८ वर्षिय गरि ४ जना, वडा नम्वर ४ का १८, ३३ र ४४ वर्षका गरी ४ जना, वडा नम्वर ६ का ११, १६, १८, १९, २०, ३१, २१, २१, २५, २८, ३० र ३६ गरी १३ जना र वडा नम्वर ७ का ३८ वर्षिय १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनीहरू सवै पुरूष हुन भने सवैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरू सवै भारतबाट आएका हुन । भारत बाट आएका बनगाड क्याम्पसका र प्रभाकर मावी देवस्थलको क्वारेन्टिनमा रहेका मध्ये ३ सय ९३ जनाको पिसिआर जाँचको लागी स्वाव संकलन गरीएकोमा २५ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितहरुलाई जिल्ला अस्पताल सल्यान र सुर्खेत स्थित आइशोलेशनमा राख्ने तयारी भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *