कोरोना जितेर थप आठ जना घर फर्के
पोखरा, जेठ १६ । कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी सन्चो भएर घर फर्कका छन । अस्पतालमा भर्ना भएको १४ दिनमा आठ जना बिरामी सन्चो भएपछि घर पठाइएको अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए । निको हुनेमा बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ११ गान्धीनगर कपिलवस्तुका एक जना र दाङ गढवा गाउँपालिका वडा नम्बर ४ का एक जना गरी आठ जना रहेका छन ।निको भएर घर फर्किनेहरु १८ बर्षदेखि ४३ बर्ष उमेर समुहका रहेको कोरोना बिशेष अस्पताल बेल्झुण्डीबाट जानकारी प्राप्त भएको छ । अहिले कोरोना बिशेष अस्पतालमा ३७ जना संक्रमितको उचार भैरहेको छ । कोरोना विशेष अस्पतालमा पहिलो पटक अन्य जिल्लाबाट सङ्क्रमित ल्याउदा शान्तिनगर गाउँपालिकाले बिरामी नल्याउन विज्ञप्ति मार्फत विरोध जनाएको थियो । यद्यपि स्थानीयहरुले भने बिरामी ल्याएर उपचार गर्नुपर्ने अडान राखेका थिए ।