थप नौ जनामा कोभिड-१९ पुष्टि, सङ्क्रमितको कुल सङ्ख्या २७६

नेपाल मुख्य समाचार स्वास्थ्य

नेपालमा थप नौ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको शनिवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अब कुल सङ्क्रमितको सङ्ख्या २७६ पुगेको छ। मन्त्रालयका अनुसार कपिलवस्तुका तीन जना, पर्साका दुई जना तथा बर्दिया, सिराहा, सर्लाही र चितवनका एक / एक जनामा सङ्क्रमण देखिएको हो। मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा प्रकाशित विज्ञप्तिका अनुसार भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको शिवराज नगरपालिकाका तीन पुरुषमा कोरोनाभाइरस पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *