नयाँ ७ जना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमित संख्या २५० पुग्यो

नेपाल मुख्य समाचार स्वास्थ्य

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षण अनुसार नेपालमा कुल संक्रमित संख्या २५० पुगेको छ । उनीहरु काठमाडौँ चन्द्रगिरी नपाका ३२ वर्षिय पुरुष र कपिलबस्तुका ६ वर्षीया बालिका, सर्लाही धन्कौल न.पा निवासी ४५ वर्षिय पुरुष, धनुषा, जनकपुर न.पा र मिथिला न.पा निवासी ४० वर्षिय पुरुष र २० वर्षीय महिला, महोत्तरी, जलेधर न.पा. र वलबा न.पा. निवासी १६, ३५ वर्षीय पुरुषहरु हुन । सबैको अवस्था सामान्य छ र सबैजना स्वास्थ्यकर्मी सम्पर्कमा रहेका छन । पछिल्ला केहि दिनहरूमा नेपालमा कोरोनाभाइरसको सङ्क्रमण बढेको देखिएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले थप २६ जनामा सङक्रमण भएको विवरण सार्वजनिक गरेको थियो भने मङ्गलवार एकै दिन ५७ जना सङ्क्रमित भएको पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *