रियल म्याड्रिड र बार्सिलोनाका खेलाडी प्रशिक्षणमा फर्किए

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिडका खेलाडीहरु बुधबारबाट टोलीको प्रशिक्षणमा फर्किएका छन् । बार्सिलोनाको नेतृत्व कप्तान लियोनेल मेस्सीले गरे भने रियलको नेतृत्व बेल्जियन फरवार्ड इडेन हजार्डले गरेका छन । उनीहरु कोरोना परिक्षणपछि प्रशिक्षणमा गएका हुन् । बुधबार मेस्सी र हजार्डसँगै अन्य स्टार खेलाडीहरु सुरक्षात्मक मास्क र ग्लोभ्स लगाएर झन्डै महिनापछि प्रशिक्षणमा फर्कनुअघि कोरोना परिक्षणमा सहभागी भएका थिए । कोरोनाको कारण गएको मार्च दोस्रो साताबाट विश्व खेलकुद गतिविधि ठप्प छ । ला लिगाले अर्को महिनाको मध्य साताबाट स्पेनिस ला लिगा पुन सुचारु गर्ने योजना बनाइरहेपछि ला लिगा क्लबहरु प्रशिक्षणमा फर्किएका हुन् । एन्टोइन ग्रिजमन, थिवाउट कोर्टुवा र लुइस सुआरेज लगायतका खेलाडीहरु सुरक्षात्मक मास्क र ग्लोभ्स लगाएर परिक्षणमा उपस्थित हुदा बार्सिलोनाका सर्जि रोवर्टोले मेडिकल परिक्षण गरिहेको तस्वीर इन्स्टाग्राममा पोस्ट गरेका छन् । ला लिगाले बार्सिलोनालाई प्रशिक्षणको लागि ग्रीन लाइटको सिग्नल दिएको छ । फ्रान्की डि जोङ, आर्टुरो भिडाल, अन्सु फातीले परिक्षणपछि बार्सिलोनाको प्रशिक्षण मैदानमा पुगेका थिए । रियलका कप्तान सर्जियो रामोस र प्रशिक्षक जिनेदिन जिदान पनि सुरक्षात्मक रुपमा नै प्रशिक्षण स्थल पुगेका थिए ।


ला लिगा अध्यक्ष जेभियर टेवासले ला लिगा पुनः सुचारु गर्ने उद्देश्यअनुरुप खेलाडीको कोरोना परिक्षण गरिएको बताएका छन् । उनका अनुसार स्पेनका शीर्ष दुई डिभिजनका क्लबका खेलाडीहरुको कोरोना परिक्षण गरिनेछ ।
ला लिगाले एक क्लबबाट कम्तीमा पनि ३० खेलाडीको कोरोना परिक्षण गर्नेछन् । उनीहरुका कोरोना नेगेटिभ देखिए प्रशिक्षणमा सामेल हुन पाउनेछन् । कोरोना पोजटिभ देखिने खेलाडी क्वारेन्टिमा बस्नुपर्नेछ ।
यो चार चरणमा हुनेछ । पहिलो चरणमा कोरोना परिक्षण, दोस्रो चरणको एकान्त प्रशिक्षण, तेस्रो चरणमा समुह प्रशिक्षण र चौथो चरणमा पुर्ण टिमको प्रशिक्षण अघि बढाइनेछ । कोरोना परिक्षणमा खेलाडीहरु सकरात्मक नै रहेका छन् । केही क्लबहरुले अहिले नै प्रशिक्षण थाल्दा खेलाडीहरुलाई कोरोना संक्रमण हुन सक्ने बताइरहँदा ला लिगा अध्यक्ष टेवासले धेरै सावधानी अपनाइरहेको बताएका छन् ।
अध्यक्ष टेवासले खेलाडीहरुको प्रशिक्षण वातावरणलाई सुरक्षित बनाउन २४ पेज लामो विशेष रिपोर्ट तयार पारिएको र यो सबै क्लबलाई पठाइसकेको बताएका छन् । रिपोर्टअनुसार खेलाडीले प्रशिक्षणमा जानुअघि अनिवार्य कोरोना परिक्षण गर्नुपर्नेछ । कोचिङ स्टाफ र आवश्यक स्टाफ “खेलाडीसँग नजिक रहेर काम गर्नेहरु” को पनि सिजन सुरु हुनुभन्दा अघि तीनपटकसम्म कोरोना परिक्षण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *