गण्डकी प्रदेश सरकारद्वारा कोरोना नियन्त्रणका लागि डेढ करोड निकासा

मुख्य समाचार स्थानिय समाचार

पोखरा । विश्वमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले थप डेढ करोड रुपैैयाँ जिल्ला तहलाई निकासा दिएको छ ।
मन्त्रिपरिषद् बैठकले सबै जिल्ला प्रशासन मार्फत सुरक्षा संयन्त्रलाई चुस्त बनाईराख्न १ करोड ४५ लाख रुपैयाँ निकासा दिने निर्णय गरेको हो । प्रदेशभित्रका मनाङ र मुस्ताङ जिल्लालाई ५÷५ लाख र अरु ९ वटा जिल्लालाई १५÷१५ लाखका दरले उपलब्ध गराईने सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए । उनका अनुसार जिल्ला तहमा कोरोना रोगको नियन्त्रण र ब्यवस्थापन विभिन्न निकायले गरेका कामको अनुगमन गर्न, गाडीको इन्धन र मर्मतका लागि यो रकम खर्च गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *