बिकास नेपालले १०२ घरधुरीलाई राहत बाँड्यो

आर्थिक मुख्य समाचार स्थानिय समाचार

कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण गर्नको लागि नेपालमा भएको लक डाउनको कारणले समाजमा दैनिकी रोजगार गरेर गुजारा गर्ने परिवारहरुमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै अपाङगता तथा सर्वाङगिण विकासका क्षेत्रमा कार्य गर्दै आइरहेको सामाजिक संस्था विकास नेपालको आर्थिक सहयोग र वडा नं १५ को आयोजनामा पोखराका विभिन्न स्थानहरूमा राहत बितरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा वडा नं १५ मा पर्ने फलेपाटन, लक्ष्मी टोल, हरियाली टोलका १०२ घरपरिवारलाई यस संस्थाले राहत वितरण गरेको हो । राहत सामाग्रीमा लगभग रु १२०० बराबरको १२.५ के.जी चामल, २ के.जी आलु, १ लिटर तेल, १ पोका नुन र साबुन बाँडिएको छ ।

राहत बाँडिएको स्थानका मानिसहरुले खुसी प्रकट गर्दै खाना सकिएको, काम तथा ज्याला नपाएको, भाडामा बसेका मानिसहहरुलाई पसलले पनि रासन नदिएको अवस्थामा उक्त राहतले ठूलो सहयोग मिलेको भनेर बताए । विकास नेपालका सचिव प्रभात प्रतिकले अझै पनि धेरै ठाउँमा मानिसहरु खाँचोमा छन र यस्तो अवस्थामा हामी सबैले हातेमाले गर्दै एक अर्कालाई सहयोग गर्नुपर्ने आवश्यक भएको बताए । उक्त राहत वितरण कार्यक्रममा विकास नेपालकी कर्मचारी प्रार्थना सुनार, वडा नं १५का अध्यक्ष श्री प्रकाश पौडेल, वडा प्रतिनिधि श्री तोरण बानियाँको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *