कथा : खुसी रहने रहस्य

मुख्य समाचार लेख / रचना साहित्य

धेरै वर्ष पहिले एकजना मानिस परमेश्वरसँग स्वर्ग र नर्क कस्तो हुन्छ भनेर हेर्ने कुरा पर्कट गर्दछ । परमेश्वरले उसलाई स्वर्ग र नर्कको यात्रामा लैजानुहुन्छ । धेरै लामो यात्रा तय गरेपछि त्यो मानिस स्वर्ग र नर्क जाने बाटोको बिचमा पुग्दछ । परमेश्वरले त्यो मानिसलाई पहिले नर्कतर्फ लैजानुहुन्छ । त्यो मानिस जादाजादैँ एउटा ठुलो ढोकासामु पुग्दछ । जव उ त्यो ढोका नजिक पुग्दछ तब उसले अत्यन्तै मिठो बास्ना आँउदै गरेको अनुभव गर्छ र उ ढोकाबाट भित्र प्रवेश गर्छ । त्यहाँभित्र उसले एउटा अत्यन्तै ठुलो टेबिल देख्छ, टेबिलको बिचमा मिठो खानेकुराको ठुलो भाँडो हुन्छ । त्यो टेबिल वरिपरि धेरै मानिसहरु हुन्छन, तिनिहरु प्रत्येकसँग लामा लामा चम्चाहरु हुन्छन तर जब उनीहरु खानाको लागि भाँडाबाट खानेकुराहरु निकाल्छन र मुखसम्म ल्याउन खोज्दछन चम्चा लामो भएकाले मुखभन्दा पर गएर चम्चाबाट खानेकुरा खस्छ । त्यसकारण त्यहाँका मानिसहरु हेर्दामा अत्यन्तै दुब्ला पातला र निर्बल जस्ता थिए । त्यसपछि त्यो मानिस लाई फेरि अर्को एउटा ठुलो द्वारबाट प्रवेश गराईन्छ त्यो स्वर्गको ढोका हुन्छ । केही समय हिडेपछि उ फेरी अर्को एउटा ठुलो ढोकासामु पुग्छ । उसले पहिले जसरी त्यस ढोकाबाट पनि मिठो बास्नाको आभास पाउँछ । त्यसपछि उ ठुलो कोठाभित्र प्रवेश गर्छ, कोठा अत्यन्तै सिँगारिएको हुन्छ, त्यहाँपनि एउटा ठुलो टेबिल हुन्छ र टेबिल वरिपरि धेरै मानिसहरु हुन्छन । ति मानिसहरुसँग पनि खानको लागि लामा लामा चम्चाहरु हुन्छन तर त्यहाँका मानिसहरु दुब्ला पातला थिएनन बरु अत्यन्तै चम्किला, बलिया र सुन्दर थिए । दुबै ठाउँमा उस्तै टेबिल उस्तै खाना थियो र तरिका पनि उस्तै थियो तर पहिलो नर्क भनिने कोठाका मानिसहरु दुब्ला पातला र कमजोर थिए र दोस्रो स्वर्गको कोठाका मानिसहरु बलिया र सुन्दर थिए किनभने नर्कका मानिसहरु सबै आफुले खान खोज्दथे र खान सक्दैनथे तर स्वर्गका मानिसहरु एकले अर्कालाई खुवाउथे र त्यो कार्य सम्भव थियो ।
आज मानिसहरुमा जताततै तितोपनाले जरा गाडेको अवस्था छ । मानिसहरु आज खुसी छैनन, हरेक कुरामा असफलता भोग्नुपरेको अवस्था छ किनभने मानिसहरु अर्काको लागिभन्दा आफ्नो बढी फिक्रि गर्दछन । त्यसकारण हामी आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि अरुको खुसीलाई, अरुको कुरालाई स्थान दिन्छौ भने हामी खुसी रहन सक्छौ । व्यवहारिकतामा पनि यदि हामीले कसैलाई दिएर खुसी पाएका छौ भने सायद त्यसलाई हामीले कहिल्यै बिर्सन नसक्ने खुसीको क्षण बनाएका छौ होला । पवित्र धर्मशाष्त्र बाईबल रोमी १२ः १० देखी ११मा पनि हामीलाई आज्ञाको रुपमा आफुलाई भन्दा अरुलाई बढि आदर गर भनिएको छ । त्यस्तै बाइबलले हामीलाई आफुलाई भन्दा अरुलाई श्रेष्ठ ठान भनेको छ । यी वचनको पालनले मानिसलाई खुसी रहन सिकाउँछ । त्यसकारण हामी खुसी रहन आफ्नो निजि स्वार्थभन्दा पनि माथी उठेर सोच्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *