क्यारेबियन लिगमा गेलले बनाए २२ औं शतक, बन्यो सर्वाधिक स्कोर र छक्काको रेकर्ड

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेटबाट क्रिस गेलले बिदा लिए पनि उनको ब्याटिङ अझै चम्किन छोडेको छैन। वेस्ट इण्डिजका यी ब्याटस्म्यानले मंगलबार ६२ बलमा ११६ रन बनाउँदै कम्तीमा टि(२० मा आफ्नो ब्याटिङको जादु अझै कम नरहेको सन्देश दिएका छन्। भलै उत्कृष्ट प्रदर्शनका बाबजुत उनको टोली जमैका थलावाजले हार भने टार्न सकेन। यस खेलमा कीर्तिमानी ३७ छक्का बने। यस टि–२० क्रिकेटमा क्रिस गेलले २२ औं शतक प्रहार गरे। उनको नाममा टि–२० क्रिकेटमा सर्वाधिक शतक बनाउने कीर्तिमान छ। मंगलबार क्यारेबियन प्रिमियर लिग अन्तरगत जमैका थलावाज र सेन्ट किट्स एण्ड नेभिस प्याट्रोइट्स बिच भएको खेलमा एकै दिन दुई पटक सर्वाधिक स्कोरको कीर्तिमान भंगसमेत भयो। यस खेलमा जमैका थलावाजले पहिलो ब्याटिङ गर्दै २४१ रन बनायो। यसमा गेलले ११६ तथा चाडविक वाल्टनले महत्वपूर्ण भूमिका खेले। गेलले ६२ बलमा ११६ रन जोडे भने वाल्टनले ३६ बलमा ७३ रन बनाए।

यसक्रममा गेलले सात चौका र १० छक्का प्रहार गरे, यी दुबैको सहयोगमा जमेका थलावाजले क्यारेवियन लिगमा सर्वाधिक स्कोर बनायो। तर यो कीर्तिमान केबल डेढ घण्टामै तोडियो। जवाफी ब्याटिङमा आएको नेविसले जमेका थलावाजको कीर्तिमानको जवाफ उसकै अन्दाजमा फर्कायो। मात्र ७ बल बाँकी छँदा लक्ष्य हासिल गर्दै उसले लिगमा सर्वाधिक स्कोरको रेकर्ड बनायो। खेल नेविसले १८.५ ओभरमा ६ विकेट गुमाउँदै २४२ रन बनाएर हासिल गर्‍यो।
यसक्रममा दुबै टोलीले कुल ३७ छक्का प्रहार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *