वेटरदेखि बलिवुड कलाकारसम्मको यात्रा
म जन्मिनु अघि मैले आफ्नो बुवालाई गुमाए । मेरो बुवाको पातलो रोटी (Wafer Shop)को पसल थियो त्यो पसल मेरी आमाले सम्हाल्नुभयो । मेरी दिदीहरु स्कुल जानुपथ्र्यो त्यसैले पसल चलाउनको लागि मेरी आमाले मलाई मन्दिर पुजाहारीको श्रीमतिसँग छोडिदिनुहुन्थ्यो । उहाँको एक्लो लामो कठिन जीवन यात्रा वर्षौसम्म रह्यो । म स्कुल जान थाले तर मेरो बोली र सिकाईमा समस्या भयो म निरास भएँ । मलाई याद छ राम्रोसँग बोल्न सिक्नको लागि मैले गाउन सुरु गरेँ । एकपटक मेरी आमाले मेरो प्रस्तुति देख्नुभयो । अन्तमा उहाँको त्यो जोडदार ताली जुन अहिलेसम्म पनि मेरो कानमा गुन्जन्छ त्यसले मलाई हौसला दियो । मैले विज्ञान अध्ययन गरे तर स्कुलपछि म थियटर तथा कला निखार्ने तालिमहरुमा पनि भाग लिँदै गएँ । जब मैले कलेज सकाएँ परिवारको आर्थिक जिम्मेवारी मेरो काँधमा थपियो । त्यसैले मैले ताज होटलका म्यनेजरसँग भेटेर कामको लागि अनुरोध गरेँ । मैले उहाँलाई सबैभन्दा माथिल्लो तलामा काम मागेँ । उहाँले भन्नुभयो सबैभन्दा माथी पुग्न पहिले सबैभन्दा तलदेखि सुरु गर्नुपर्दछ । म रुम सर्विसको काम गर्न थालेँ, एकवर्षपछि मात्रै मैले वेटरको रुपमा काम गर्न पाएँ । जब मेरी आमा दुर्घटना परेर घाइते हुनुभयो मैले जागिर छोडे र पसलमा बस्न थाले । मैले त्यहाँ १४ वर्ष बिताउँदा मैले विहे गरे साथै बच्चा पनि भयो । मेरो जीवनमा केहि कुरामा खालीपना थियो । मेरी । श्रीमतिले मलाई समस्या पत्ता लगाउन र समाधान गर्न उत्साह दिइन ।
मलाई फोटोग्राफी मन पथ्र्यो र मेरा पिता पनि एक फोटोग्राफर पनि हुनुहुन्थ्यो । मैले पनि कोशिष गरे तर सुरुमा त्यति राम्रो भएन तर पछि मैले राम्रो गर्न थाले । त्यहि समय मलाई एकजना साथीले विज्ञापनमा काम गर्न सल्लाह दियो । मैले कोशिष गरे र म छानिए पनि साथै मैले राम्रै रकम पनि पाएँ । मैले यसलाई निरन्तरता दिने विचार गरेँ र एकै वर्षमा मैले १८० वटा विज्ञापनमा काम गरेँ र केहि प्रख्यात पनि भए । मलाई छोटा तथा साना चलचित्रमा अफर पनि आयो । म सँग थोरै पैसा थियो र फिल्म एउटा ह्यान्डीक्यामबाट बनाउन लागिएको थियो तर मेरो लागि सुनौलो अवसर थियो ।
जब मेरो फिल्म स्टुडियोमा सम्पादन हुन लागिरहेको थियो त्यहाँ बिधु बिनोद चोपडाले एउटा क्लिप देखेपछि मेरो जीवनमा ठूलो कायापलट भयो । उहाँलाई एउटा संवाद मन पर्यो र मसँग भेट्न खोज्नुभयो । जब हाम्रो भेट भयो उहाँले मलाई २ लाखको चेक दिँदै भन्नुभयो, “यो पैसा तपाईलाई मेरो आउँदो फिल्ममा काम गर्नको निम्ति हो” । मैले उहाँलाई फिल्मको बारेमा सोधेँ तर उहाँले आफुलाई फिल्मको बारेमा थाह नभएको बताउनुभयो । उहाँले मलाई पछि धेरै प्रख्यात भएर डेट नदिनुहोला भन्ने उद्धेश्यले उक्त पैसा दिएको बताउनुभयो । जब म ३५ वर्षको हुँदा मुन्नाभाई एम.बि.बि.एस रिलिज भयो मेरो सपना पुरा हुँदै गयो । मैले सोच्दै नसोचेको कुरा मेरो जीवनमा भयो तर मैले त्यो अवसरलाई उचित रुपमा प्रयोग गरी त्यस अवसरलाई फुत्कन दिइन । त्यो यात्रा अविष्मरणिय र केहि कठिन रह्यो तर जीवनका हरेक असल, खराब र अति अप्ठ्यारो समयमा पनि मैले हार खाइन । नयाँ कुराको सुरुवात गर्न कहिल्यै ढिला हुँदैन भन्ने कुरामा विश्वस्त रहेँ ।