नेपालमा विदेशी टेलिभिजन च्यालन बन्द गर्नेविरुद्ध सीआईबीमा मुद्दा, पक्राउ गरेर कारबाही गर्न माग

आर्थिक नेपाल मुख्य समाचार


असार १०, काठमाण्डौ – सरकारले लागु गर्न थालेको “‘क्लिन फीड” नियमको विरुद्धमा २४ घन्टा विदेशी च्यालन बन्द गरेका इन्टरनेट तथा केबल टीभी सेवा प्रदायकविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा मुद्दा दायर भएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चले सार्वजनिक सेवा बन्द गरेर उपभोक्ताको अधिकार हनन भएको भन्दै वागेश्वरी टेलिभिजन प्रालि नेपालगञ्जका प्रमुख लक्ष्मीनारायण शाह र सुबिसु केवल नेटका प्रमुख सुधिर पराजुलीविरुद्ध सीआईकीमा मुद्दा दायर गरेको छ ।
उनीहरुले सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेकाले मुलुकी ऐनको दफा ६८ अनुसार हदैसम्मको कारबाही माग गरिएको मञ्चका उपमहासचिव विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
दर्ता नै नभएको इन्टरनेट तथा टेलिभिजन प्रदायक संघको नामबाट उपभोक्ताको अधिकार हनन भएको र विदेशी टिभी च्यानल बन्द गरेर अरबौँको नोक्सान गरेकोले मुद्दा दायर गरिएको पनि उपभोक्ता हित संरक्षण मञ्चले जनाएको छ ।

‘विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गरेका हुन् ।
नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापनरहित “क्लिन फिड” अनिवार्य हुने प्रावधानसहित “विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा रहेको छ ।

२०७५ चैत १० गते राष्ट्रिय सभाबाट पारित “विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५” को दफा ६ ९१० मा भनिएको छ– “नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापन रहित “क्लिन फिड” प्रसारण गर्नुपर्नेछ ।”

त्यस्तै यही दफाको उपदफा २ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने उल्लेख छ ।ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलहरुले नेपालमा विज्ञापन रहित प्रसारण “क्लिन फिड” नीति अवलम्बन गर्नुपर्नेछ साथै “डबिङ” विदेशी विज्ञापन पनि नेपाली च्यानलमा प्रसारण हुन पाउने छैनन् । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *