उत्साहका साथ सुरु भयो तेस्रो एन.जि.सी कप सेभेन ए साइड फुटबल

खेलकुद मुख्य समाचार स्थानिय समाचार

पहिलो दिनको खेलमा रामघाट चर्च, लामाचौर चर्च, भेडिफार्म बप्तिष चर्च तथा नयाँगाउँ चर्च विजयी
पोखरा । पोखराका चर्चहरुभित्र रहेका फुटबल खेल प्रतिभालाई उजागार गर्ने तथा युवाहरुबीच एक आपसमा भाइचारा तथा एकतालाई अझै उजागार पार्ने उद्धेश्यले नयाँगाउँ पोखरा अवस्थित नयाँगाउँ चर्चका युवाहरुको आयोजनामा तेस्रो नयाँगाउँ चर्च अन्तरमण्डली सेभेन ए साइड प्रतियोगिता भव्यताका साथ सुरुवात भएको छ ।
खेलको उद्घाटन समारोहमा सभापतिको रुपमा नयाँगाउँ चर्चका पाष्टर ग्रिष्म केशव पराजुली हुनुहुन्थ्यो भने लामाचौर चर्चका पाष्टर अतन छिरिङ लामा प्रमुख अतिथि हुनुहुन्थ्यो त्यसैगरी विशेष अतिथीको रुपमा पोखरेली ख्रीष्टिय समुदायका उपाध्यक्ष लाजरज हितैषी, असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजु अधिकारी, पोखरेली ख्रीष्टिय युवा संगतिका अध्यक्ष पुर्ण बि.क हुनुहुन्थ्यो । कार्यक्रम सन्चालन प्रभात प्रतिकले गर्नुभएको थियो भने खेलको संयोजकको रुपमा सोलोमन रोक्का हुनुहुन्छ ।

Photo Credit : Bishal Gurung


रामघाट चर्च र पुनस्र्थापन चर्च बीच भएको उद्घाटन खेलमा रामघाट चर्चले पुनस्र्थापन चर्चलाई २ गोलको अन्तरले हरायो । खेलमा रामघाट चर्चकासमिर रायमाझी र रोनिश पुर्जाले समान १/१ गोल गरे । पुनस्र्थापन चर्चले खेलको दौरान निकै नै राम्रा अवसरहरु सिर्जना गरेतापनि कुनै पनि गोल गर्न सकेन । त्यसैगरी लामाचौर चर्च र नयाँगाउँ चर्च बि समुह बीच भएको खेलमा लामाचौर चर्चका अमृत थापाले १ गोल गर्दै आफ्नो समुहलाई जित दिलाए । भेडिफारम बप्तिष चर्च र सालोम चर्च दोबिल्ला बीच भएको तेस्रो खेलमा भेडिफारम बप्तिष चर्चका सोम बि.कले १ गोल गर्दै आफ्नो समुहलाई आगामी खेल तर्फ अगाडी बढाए । खेल निकै बराबरी भएतापनि शालोम चर्चले कुनै पनि गोल गर्न नसक्दा हार ब्यहोर्नु पर्यो । पहिलो दिनको अन्तिम खेल आयोजक नयाँगाउँ चर्च तथा इम्मानुएल लाईट चर्च बीच भएको थियो । निकै नै आक्रमक भएको खेलमा इम्मानुएल लाईट चर्चले पहिलो हाफमा नयाँगाउँ चर्चलाई २ गोलले पछि पारेको थियो । इम्मानुएल लाईट चर्चका लागि बिकास तामाङ र अमृत पावलले समान १/१ गोल गरे । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नयाँगाउँ चर्चले खेललाई पेनाल्टीतर्फ डोर्यायो भने पेनाल्टी मार्फत भाग्यमानी साबित भई नयाँगाउँ चर्च समुह ए ५–४ गोलको अन्तरले विजयी भयो ।

तस्बिर सौजन्यः बिशाल गुरुङ


तीन दिन सम्म चल्ने यस खेलमा पोखराका चर्चहरुबाट जम्मा १० वटा समुहको सहभागीता रहेको छ । खेलमा विजयी प्रथम समुहले नगद रु ४० हजार, प्रमाणपत्र, मेडल ट्रफी प्राप्त गर्नेछ भने द्वितीय समुहले नगद रु २००० प्रमाणपत्र, मेडल ट्रफी प्राप्त गर्नेछ त्यसैगरी बेस्ट टिम अनुशासित टिम, बेस्ट प्लेएर, हाई स्कोररले समान नगद रु पाँच/पाँच हजार प्राप्त गर्नेछन भने म्यान अफ द म्याचले समेत नगद प्रमाण पत्र तथा ट्रफी प्राप्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *