पोखरेली ख्री.युवा संगतिद्वारा नृत्य प्रतियोगिता २०७५ सम्पन्न : बेथेल चर्चले जित्यो प्रथम उपाधि

मनाेरञ्जन मुख्य समाचार सुसमाचार स्थानिय समाचार

पोखरेली ख्रीष्टिय युवा संगति पोखराले भजनसंग्रह १५०ः४ “ खैजडी र नाचका साथ उहाँको प्रशंसा गर । तार–वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर” भन्ने बाइबलको खण्डलाई आत्मसाथ गर्दै चर्चका जवानहरुको प्रतिभा प्रस्फुटन गराई परमेश्वरको महिमा गर्ने र जवानहरुलाई नृत्य क्षेत्रमा अगाडी बढ्न थप हौसला दिने उद्धेश्यले अन्तर मण्डली सामुहिक नृत्य प्रतियोगिताको आयोजना गर्यो । प्रतियोगितामा सहभागी १६ वटा नृत्य टोलीबाट विजयी बन्दै बेथेल चर्च पोखराले प्रथम पुरस्कार प्राप्त गरेको छ जसमा नगद रु १५ हजारका साथै प्रमाण पत्र रहेको छ भने प्रतियोगितामा द्वितीय मारानाथा चर्चले नगद रु १२ हजार साथै प्रमाण पत्र त्यस्तै नेपाल ख्रीष्टिय रामघाट चर्चले तृतीय पुरस्कार नगद रु १० हजार साथै प्रमाणपत्र पाउन सफल भयो ।

त्यसैगरी प्रतियोगितामा दर्शकहरुको रोजाईको आधारमा (Youtube Viewers choice) सबैभन्दा बढी views पाउने समुहले रु एकलाख बराबरको म्युजिक भिडियो बनाउन पाउने पुरस्कार समेत रहेको छ । प्रतियोगिताको सम्पुर्ण भिडियोहरु एपोस्टल स्टुडियोको युट्युुब च्यानल मार्फत प्रशारण हुने र एकमहिनापछि पोखरेली युवा संगतिको समयमा नतिजा घोषणा गर्ने जानकारी एपोस्टल मिडिया तथा स्टुडियोका निर्देशक अनिल शाहीले बताउनुुभयो । प्रतियोगितामा सहभागि सम्पुर्ण जवानहरुले उत्साहजनक नृत्य प्रस्तुत गरेका थिए भने निर्णायकको रुपमा रिना पुन, मनसुवा नेपाली र दिलिप गायकले भुमिका खेल्नुुभएको थियो ।

कार्यक्रमलाई औपचारिक रुपमा पोखरेली ख्रीष्टिय युवा संगतिका सचिव किरण नेपालीले सुरुवात गर्नुभएको थियो । प्रतियोगितामा जवानहरुलाई थप हौसला प्रदान गर्न पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष हरिराम घिमिरे उपस्थित भई शुभकामना साथै सुरुको प्रार्थना गर्नुभएको थियो । प्रतियोगितालाई सन्चालन कार्यक्रम संयोजक तथा युवा संगतिका उपाध्यक्ष सुबास मसिहीले गर्नुभएको थियो । कार्यक्रम नेपाल ख्रीष्टिय रामघाट चर्चमा सम्पन्न भयो भने युवा संगतिका अध्यक्ष पुर्ण बि.कले अन्तिममा सबैलाई धन्यवाद दिँदे कार्यक्रम समापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *