नयाँ वर्ष A.D को अर्थ

बिबिध लेख / रचना सुसमाचार

हामी नेपालीहरु वर्षमा २ वटा नयाँ वर्षको उत्सव मनाउनेहरुमा पर्दर्छौ । एउटा नयाँ वर्ष अर्थात वैशाख १ गते मनाईन्छ भने अर्को जनवरी १ तारिखको दिन । दुवैलाई हामीले ससम्मान मनाउने गर्दर्छौ तर हामी इसाईहरुले देशको सम्मान स्वरुप बैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मनाउँछौ भने हामीले A.D किन महत्वपुर्ण छ भन्ने कुराको पनि जानकार भई झन अझ महत्वका साथ लिनुपर्दछ । साधारणतया B.C भन्नाले Before Christ र A.D भन्नाले After Death भन्ने बुझिन्छ तर यो कुरा अर्धसत्य हो कारण A.D को अर्थ ल्याटिन भाषा अनुसार Anno Domini हुन्छ जसको अर्थ हाम्रो परमेश्वरको वर्ष भन्ने बुझिन्छ । हामीले धर्मशाष्त्र बाइबलमा कहिँ पनि A.D र B.C को कुरालाई उल्लेख गरेको पाउँदैनौ तर पनि हामी येशू ख्रीष्टको संसारमा भएको आगमनले संसारको समय चक्रलाई नै दुई भाग गरि परिवर्तन गरिदिएको छ । उहाँको जन्म, सेवकाई, मृत्यु र मृत्युबाटको पुनरुत्थान अति नै महत्वपुर्ण भएको कारणले येशू ख्रीष्ट युग परिवर्तन गर्ने, पुरानो युगको अन्त गरि नयाँ युगको सुरु गर्ने व्यक्ति हुनुहुन्छ यसकारणले हामी इसाईहरु यी कुराहरुप्रति गर्व गर्नुपर्दछ । हामी हाम्रो परमेश्वरको अनुग्रहमा बाँचिरहेका छौँ त्यसकारणले हामी ईसाइहरुको लागि A.D महत्वपुर्ण छ । जसरी फिलिप्पी २ः १०–११ ले भने अनुसार, “कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभुभनि स्वीकार गर्नुपर्छ ” भनेझै आज संसारमा सबैले यो समय अर्थात ई.सं लाई सहर्ष रुपमा स्वीकारेको पाईन्छ । धेरैपल्ट इतिहासमा यी कुराहरुलाई परिवर्तन गर्ने प्रयास नगरिएको होइन तर पनि अटल रहेको कुरा हामी पाउँछौ । त्यसकारणले हामी हाम्रो परमेश्वरको अनुुग्रहमा बाँचिरहेका छौ भन्ने कुरालाई हामीले सधैँ सम्झनुपर्छ । परमेश्वरले हामी प्रत्येकलाई यो नयाँ वर्षमा प्रशष्त मात्रामा उहाँको ज्ञान, बुद्धि र अनुग्रहमा आशिषित तुल्याउनु भएको होस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *