म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा, अपराजित यात्रा कायमै
म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिदैँ आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई तीन–एक गोल अन्तरले हराएको छ । निकै रोमाञ्चक बनेको खेलमा लिभरपुलको जितमा जेर्दान सकिरीले दुई गोल गरे । खेलको २४ औं मिनेटमा साडियो मानेको गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनायो । तर ३३ औं मिनेटमा लिंगार्डले गोल गर्दै खेल बराबरीमा र्पुयाए । खेल सकिन २० मिनेट बाँकी हुँदा लिभरपुल प्रशिक्षक जोर्गेन क्लोपले साकिरीलाई मैदान प्रवेश गराएका थिए । त्यही बीचमा उनले टिमका लागि दुई गोल गर्न सफल भए । ७३ औं मिनेटमा साकिरीले गोल गर्दै लिभरपुललाई दुई एकको अवस्थामा पुर्याए । भने ८० औं मिनेटमा उनले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।
जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । १७ खेलमा सिटीको ४४ अंक छ भने लिभरपुलको ४५ अंक पुगेको छ । हारपछि युनाइटेड छैटौँ स्थानमा यथावत छ ।
चेल्सी र साउथ ह्याम्प्टन बिजयी
त्यसैगरी आर्सनल र साउथ ह्याम्प्टनको बीचमा भएको खेलमा साउथ ह्याम्प्टनले आर्सनलाई ३–२ गोलको अन्तरले जित हात पार्दै रेलिगेशन जोनबाट बाहिर आएको छ । खेलमा बल पोजेशन ६६ प्रतिशत राखेपनि आर्सनल दुई पटकसम्म पछि परेको बेला गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । साउथह्याम्पटनको जितमा डेनियल विलियमले २ तथा चार्लि अस्टिनले एक गोल गर्दा आर्सनलका लागि हेनिरिकले २ गोल गरे ।
साथै हिजो नै लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन होभ अल्वियोनलाई उसकै मैदानमा २–१ ले पराजित गरेको छ । आइतबार भएको खेलमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज र इडेन हाजार्डले गोल गरे । घरेलु टोलीका लागि सोली मार्चले एक गोल गरे । चेल्सीले खेलको १७ औं मिनेटमा पेड्रोको गोलबाट अग्रता बनाएको थियो । पेड्रोले इडेन हाजार्डको पासलाई गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
३३औं मिनेटमा इडेन हाजार्डले गोल गरेपछि चेल्सीले खेलमा २–० को अग्रता बनायो । उनले विलियनको पासलाई सदुपयोग गरेका थिए । पहिलो हाफमा २–० ले अघि बढेको चेल्सीले ६६औं मिनेटमा गोल खान पुग्यो । घरेलु टोलीका लागि सोली मार्चले बर्नाडोको पासमा सदुपयोग गर्दै खेललाई २–१ के अवस्थामा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी २–० ले विजयी हुन सफल भयो । जितसँगै चेल्सी ३७ अंक जोडेर चौथो स्थानमा यथावत छ । पराजित ब्राइटन २१ अंक जोडेर १३औं स्थानमा छ ।