च्याम्पियन्स लिग : को–को पुगे अन्तिम १६ मा ?

खेलकुद मुख्य समाचार

युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल खेल सकिएपश्चात अन्तिम १६मा पुग्ने सबै टिमको टुङगो लागेको छ ।
बुधबार राति भएका खेलहरुबाट समूह इ मा बार्यन म्युनिख विजेता र आयाक्स उपविजेताका रुपमा अन्तिम १६ मा पुगे । समूहको अन्तिम खेलमा बार्यन र आयाक्सले तीन तीन गोलको बरारबी खेले । जसका कारण बार्यन विजेता र आयाक्स उपविजेता बन्यो । यस्तै समुह एफबाट म्यानचेस्टर सिटी विजेता र लियोन उपविजेताका रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरे । सिटीले होफेनहमलाई दुई एकले हरायो । सिटीको जितमा सानेले दुई गोल गरे । यता लियोनले सख्तर डोनेस्कसँग एक–एक गोलको बराबरी खेलेपछि उपविजेता बन्यो । समुह जीबाट रियल मड्रिड विजेता र रोमा उपविजेता बन्यो । घरेलु मैदानमा रियल पराजित हुँदा अर्को खेलमा रोमा पनि भिक्टोरिया प्लेइजिङसँग दुई एकले हार्न पुग्यो । जसका कारण यसअघि नै नकआउट चरणमा पुगेको रियल विजेता र रोमा उपविजेता बन्यो । समुह एच मा युभेन्टस विजेता र म्यानचेस्टर युनाइटेड उपविजेता बन्यो । दुबै टिमले समुहको अन्तिम खेलमा पराजित भए । युभेन्टस योङ बोइजसँग दुई एकले पराजित भयो भने म्यानचेस्टर युनाईटेड पनि भ्यालेन्सियासँग हार्न पुग्यो ।
अन्तिम १६ मा पुग्ने समुह :
समूह ए  : बोरुसिया डर्टमुन्ड (विजेता), एट्लेटिको मड्रिड (उपविजेता)
समूह बी : बार्सिलोना (विजेता), टोटनह्याम (उपविजेता)
समूह सी : पेरीस सेन्ट जर्मेन (विजेता), लिभरपुल (उपविजेता)
समूह डी : पोर्टो (विजेता), साल्के (उपविजेता)
समूह ई   : बार्यन म्युनिख (विजेता), आयाक्स (उपविजेता)
समूह एफ: म्यानचेस्टर सिटी (विजेता), लियोन (उपविजेता)
समूह जी  : रियल मड्रिड (विजेता), रोमा (उपविजेता)
समूह एच : युभेन्टस (विजेता), म्यानचेस्टर युनाईटेड (उपविजेता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *