लिभरपुल, पिएसजी र टोटनहम नकआउट चरणमा

खेलकुद मुख्य समाचार

गएराती भएको च्याम्पियन्स लिग अन्तर्गतको खेलहरुमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसएससी नेपोलीलाई पराजित गर्दै युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मोहम्मद सलाहको १ गोलमा अर्को चरणमा पुग्न जित्नैपर्ने खेलमा १–०ले नेपोलीलाई पराजित गरेको हो ।
त्यस्तै च्याम्पियन्स लिगको अर्को खेलमा सर्वियन क्लब रेड स्टारलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै पिएसजी समुह बिजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ । पिएसजिको लागि अगैपंक्तिका तीनै फरवार्ड नेइमार, केलियन एमबाप्पे र कभानीले समान १ गोल गरे साथै मार्किनोसले पनि एक गोल गर्दै ४–१ को जित हात पारे ।
त्यसैगरी पहिले नै नकआउट चरणमा प्रवेश गरेको बार्सिलोनालाई उसकै घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोक्दै इंग्लिस प्रिमियर लिग क्लब टोटनहम हट्स्पर पनि दोस्रो चरणमा प्रवेश गरेको छ । समुहको अर्को खेलमा पिएसभीले इन्टर मिलानलाई १–१को बराबरीमा रोकेपछि टोटनहम अर्को चरणमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *