लिभरपुललाई टाइ ब्रेकरमा हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्ड

एजेन्सी – लिभरपुललाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै आर्सनलले कम्युनिटी सिल्ड जितेको छ । इंग्लिस सिजनको सुरुवातको रुपमा लिइने कम्युनिटी सिल्डको उपाधि जित्दै आर्सनलले सुखद सुरुवात गरेको छ । वेम्बली रंगशालामा आर्सनलले खेलको पहिलो हाफमा कप्तान पिएर एमेरिक औबामेयाङको गोलमा अग्रता लिएको थियो । औबामेयाङले खेलको १२ औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए […]

पुरा पढ्नुहोस् ...

लिभरपुल बन्यो प्रिमियर लिग च्याम्पियन

एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ । बिहीबार लिग अन्तर्गत भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई २–१ गोलले हराएपछि लिभरपुलले ३० वर्षपछि उपाधि हात पारेको हो। जारी सिजनमा सुरूदेखि नै उत्कृष्ट खेल देखाउँदै आएको लिभरपुलका लागि उपाधिमा कब्जा जमाउन एक जित वा म्यानचेस्टर सिटीको एक हारको आवश्यक्ता थियो। बिहीबार भएको खेलमा म्यानचेस्टर सिटी […]

पुरा पढ्नुहोस् ...

लिभरपुलले उपाधि जित्न अझै दुई जित निकाल्नुपर्ने

एजेन्सी । लिभरपुलले आफ्नो पहिलो इंग्लिस लिग उपाधिका लागि अझै कुर्नुपर्ने भएको छ । आइतबारको दर्शकविहीन मर्सिसाइड डर्बीमा एभरटनले उसलाई गोलरहित बराबरीमा रोक्यो । निश्चित लिग उपाधितर्फ अग्रसर लिभरपुलको प्रदर्शन कमजोर रहेको थियो । योर्गन क्लोपको लिभरपुलले १ सय ३ दिनको अन्तरपछि पहिलो आधिकारिक खेल खेलिरहेको थियो ।बराबरीसँगै लिभरपुलको उपाधियात्रा थप लम्बिएको छ । लिभरपुललाई […]

पुरा पढ्नुहोस् ...

लिग रद्द भए लिभरपुललाई प्रिमियर लिग उपाधि

एजेन्सी । कोरोना भाइरसका कारण स्थगित भएको प्रिमियर लिग पुनः सञ्चालन हुनेमा शंका उब्जिएकोकारणले लिग रद्द भएमा लिभरपुलले उपाधि जित्ने युरोपियन फुटबल महासंघ युईएफए का अध्यक्ष एलेक्जेन्डर सेफेरिनले बताएका छन् । अध्यक्ष सेफेरिनले लिग सुचारु हुन नसक्दा लिभरपुल स्वत उपाधिको दावेदार रहेको बताए । प्रिमियर लिग स्थगित हुँदा लिभरपुल नै दावेदार हो । दोस्रो स्थानमा […]

पुरा पढ्नुहोस् ...

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो सुपर कपको उपाधि

एजेन्सी । यूईएफए सुपर कपको उपाधि लिभरपुलले जितेको छ । फाइनलमा फ्रांक लाम्पार्डको टिम चेल्सीलाई पेनाल्टीमा पाँच–चारले पराजित गर्दै लिभरपुलले चौथो पटक सुपर कपको उपाधि जित्न सफल भयो । टर्कीको स्तानबुलमा भएको निकै रोमाञ्चक खेलमा दुवै टिमले निर्धारित ९० मिनेट र थप गरिएको इन्जुरी समयमा दुई–दुई गोलको बराबरी खेलेका थिए । त्यसो त चेल्सीले सुरुवाती […]

पुरा पढ्नुहोस् ...

लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि

एजेन्सी। लिभरपुलले टोटनह्यामलाई हराउँदै च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले समान १-१ गोल गरे । सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिग : पोर्टोमाथि लिभरपलुको जित, टोटेनहम हट्सपरद्वारा म्यानचेस्टर सिटी पराजित

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोमाथि सहज जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा पोर्टोलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा नावी केइटा र रोबर्टो फिर्मिनोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको हो ।एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले खेलको पाँचौ मिनेटमा नै […]

पुरा पढ्नुहोस् ...

प्रिमियर लिगः चेल्सीले टोटेनहमलाई हरायो, आर्सनल र लिभरपुलको फराकिलो जित

एजेन्सी – प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा लन्डन क्लब चेल्सीले चिर परिचित प्रतिद्वन्द्वी टोटेनहम हट्सपरलाई २–० ले पराजित गरेको छ । त्यस्तै लिभरपुल र आर्सनलले फराकिलो जित हात पारेका छन् । चेल्सीले एकतर्फी दवाव बनाएको खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ‌। खेलको ५७ औँ मिनेटमा कप्तान सेजार एज्पिलिक्वेटाको पासमा पेड्रो रोड्रिग्वेजले […]

पुरा पढ्नुहोस् ...

लिभरपुललाई पछि पार्दै सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो

एजेन्सी – म्यानचेस्टर सिटी लिभरपुललाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २–० ले पछि पराजित गरेपछि शीर्ष स्थानमा फर्किएको हो । सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पारेको छ । सिटी र लिभरपुलको समान ६२ अंक छ । यद्दपि लिभरपुलले एक खेल कम खेलेको छ […]

पुरा पढ्नुहोस् ...

लिभरपुलको रोमाञ्चक जित

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुलले क्रिस्टल प्यालेसलाई ४–३ गोलको अन्तरले जितेको छ । शनिबार राति भएको खेलमा लिभरपुललाई महत्वपूर्ण तीन अंक सदलाउन मोहम्मद सलाहले २ तथा रोबर्टाे फिर्मिनो र साडियो मानेले समान एक गोल गरे । क्रिस्टल प्यालेसका लागि एन्ड्रोस टाउनसेन्ड र जेम्स टमकिन्स र म्याक्स मेयरले समान १ गोल गरे […]

पुरा पढ्नुहोस् ...

सिटीले टुङग्यायो लिभरपुलको अपराजित यात्रा

एजेन्सी  । प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटी र लिभरपुलबीच भएको खेलमा सिटीले खेल अंक तालिकाको शिर्ष स्थानमा रहेको लिभरपुललाई आफ्नै घरेलु मैदानमा २–१ को गोल अन्तरले हराएको छ । पहिलो हाफबाटै आक्रमक खेल खेलेको सिटीले खेलको ४० औँ मिनेटमा सर्जियो अगुइरोको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा खेलमा केहि सुधार ल्याउँदै लयमा फर्कने क्रममा […]

पुरा पढ्नुहोस् ...

आर्सनलमाथि लिभरपुलको शानदार जित

(एजेन्सी) – ब्राजिलियन रोबर्टाे फिर्मिनोको ह्याट्रिक मद्दतमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलमाथि शानदार जित निकालेको छ । लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ५–१ को हानदार जित निकालेको हो । लिभरपुलले घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर फराकिलो जित निकालेको हो । घरेलु टोली लिभरपुल खेलको ११औं मिनेटमा एन्स्ले मेटल्यान्ड […]

पुरा पढ्नुहोस् ...

म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा, अपराजित यात्रा कायमै

म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिदैँ आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई तीन–एक गोल अन्तरले हराएको छ । निकै रोमाञ्चक बनेको खेलमा लिभरपुलको जितमा जेर्दान सकिरीले दुई गोल गरे । खेलको २४ औं मिनेटमा साडियो मानेको गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनायो । तर […]

पुरा पढ्नुहोस् ...