माघ १४ बाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं, माघ ११ गते । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान माघ १४ गते अर्थात् बुधबारबाट सुरु हुने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्नेहरुलाई खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले जानकारी दिएका हुन् । यो अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने मन्त्री त्रिपाठीको भनाई छ । माघ १४ गते बुधबार […]

पुरा पढ्नुहोस् ...

भारतले नेपाललाई दिएको खोपबारे थाहा पाउनै पर्ने यी कुराहरू

एजेन्सी । भारतले नेपाललाई दिएको खोप बिहीवार नेपाल आइपुगेको छ । संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको एक हप्ताभन्दा कम समयभित्रै भारतले लाखौँ मात्रा कोभिडका खोपहरू छिमेकी मुलुकहरूलाई निःशुल्क उपलब्ध गराएको छ।नेपालसहित अन्य देशहरूलाई दिइएको सहयोगलाई धेरैले खोप कूटनीतिका रूपमा अर्थ्याएका छन्। भारतको औषधि नियामक निकायले अक्सफर्ड–आस्ट्राजेनेकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड र […]

पुरा पढ्नुहोस् ...

भारतमा सुरु भयो कोरोना खोप अभियान

नयाँदिल्ली, माघ ४ गते । भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियानको शनिबारदेखि सुरु भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्धको खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् । नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युटको अफ मेडिकल साइन्सेज एम्स् का सफाइ कर्मचारी मनीष कुमार पहिलो खोप लगाउने व्यक्ति बने । उनले एम्स्मै रहेको केन्द्रमा खोप लगाए । भारतमा हालसम्म १ […]

पुरा पढ्नुहोस् ...

नेपाललाई रुसले दिनेभयाे २ करोड ५० लाख डोज कारोना खोप

एजेन्सी ।नेपाललाई रुसले विकास गरेको कोरोनाविरुद्धको खोप दिन सक्ने बताएको छ । रुसले २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने सम्झौता गरेको रोयटर्सले जनाएको छ ।विभिन्न मुलुकमा Sputnik v खोप उपलब्ध गराउने सम्झौता गर्दै आएको रुसले नेपाललाई पनि खोप दिने भएको हो । रुसले भारतलाई पनि खोप दिने सम्झौता गरेको समाचारमा उल्लेख छ । […]

पुरा पढ्नुहोस् ...

भारतमा उत्पादित खोप नेपालमा केही महिना निर्यात नगरिने

काठमाडौं, पुस २० गते । भारतले आष्ट्रा जेनेकाको कोरोनाभाइरस विरुद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । भारतमा आष्ट्रा जेनेकाको खोप उत्पादनको जिम्मेवारी विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने सिरम इन्स्टिच्युट अफ इन्डियाले पाएको छ । सिरमले विकासशील राष्ट्रका लागि एक अर्ब खोप उत्पादन गर्नेछ । विश्वका अधिकांश विकसित राष्ट्रले कोरोनाविरुद्धको खोप पहिले नै […]

पुरा पढ्नुहोस् ...

कोरोना खोपमा सुंगुरको मासु प्रयोग, धार्मिक समुदायमा विवाद

एजेन्सी । एकतर्फ कयौं कम्पनिहरु कोभिड १९ खोप तयार गर्न जुटेका छन् र कयौं देश प्रभावकारी तथा सुरक्षित खोप हासिल गर्ने तयारी गरिरहेका छन् । अर्को तर्फ केही धार्मिक समुह खोपमा प्रयोगमा भएका कच्चा पदार्थलाई लिएर विवाद उठाइरहेका छन् । ती धार्मिक समुहले धार्मिक रुपमा प्रतिबन्धित सुंगुरको मासुले बनेका बस्तुलाई लिएर आपत्ती जनाएका छन् । […]

पुरा पढ्नुहोस् ...

सबैका लागि खोपको पहुँच सुनिश्चित गर्न कोभाक्सको पहल सराहनीयः प्रम ओली

काठमाडौं मङ्सिर १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको उल्लेख गर्दै धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको सराहना गर्नु भएको छ । ‘कोभिड–१९ महामारी सम्बोधन गर्न संयुक्त राष्ट्र संघीय महासभाको ३१ औं […]

पुरा पढ्नुहोस् ...

बेलायत सरकारद्वारा कोरोनाविरुद्धको खोप प्रयोग गर्न अनुमति

एजेन्सी – बेलायतले फाइजर बायोएनटेक कोभिडविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमोदन गरेको छ । अर्को साताको सुरुदेखि फाइजर प्रयोगमा ल्याउने गरी बेलायतले खोपलाई अनुमोदन गरेको हो । फाइजरलाई प्रयोग गर्न अनुमति दिने बेलायत विश्वकै पहिलो देश बनेको छ । विश्वमा महामारी निम्त्याएको असामान्य अवस्था, लगभग १५ लाख मानिसको मृत्यु र विश्व अर्थतन्त्रलाई पुन सामान्य अवस्थामा फर्काउन […]

पुरा पढ्नुहोस् ...

भारतमा तीन महिनापछि तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन

एजेन्सी, ८ मंसिर । भारतमा तीन महिनापछि कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याइने भएको छ । अक्सफोर्ड भ्याक्सिन सन् २०२१ को फेब्रुअरी महिनाभित्र उपलब्ध हुने जनाइएको हो । टाइम्स अफ इन्डियाका अनुसार अक्सफोर्ड भ्याक्सिन ७० लाख स्वास्थ्यकर्मी र कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका दुई करोड मानिसहरुलाई शुरुमा दिइनेछ । भारत सरकारले आधा मूल्यमा भ्याक्सिन उपलब्ध गराउने […]

पुरा पढ्नुहोस् ...

केही हप्तामै वितरण गरिने कोरोना खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत

वासिङटन कोभिड १९ विरुद्ध तयार पारिएको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत रहेको बताइएको छ । अमेरिकी कम्पनी मोडेर्नाका अनुसार सार्वजनिक गरिने तयारीमा रहेको पाइजर भ्याक्सिनको प्रभावकारिता ९५ प्रतिशत नजिक रहेको तथ्य बाहिर आएको छ । साथै उक्त खोपले कोरोना महामारी अन्त्य गर्नेमा आत्मविश्वास उत्पन्न भएको पनि कम्पनीले जनाएको छ । मोडेर्नाले यो तथ्य आउनुलाई ‘महान […]

पुरा पढ्नुहोस् ...

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाए कोरोना भ्याक्सिन डब्लुएचओले दियो बधाई

पोखरा, साउन ६ । डब्ल्यूएचओले कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोमा भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई बधाइ दिएको छ ।अझैपनि फैलिँदो संक्रमणबाट लड्नका लागि धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ ।डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा.माइक रेयानले जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्नेक्रममा अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिँदै भने, यो सकारात्मक परिणाम हो । […]

पुरा पढ्नुहोस् ...