नारायणगढ–मुग्लिन सडक खुल्यो

राससपोखरा, साउन १६ । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा आज बिहान १ः४० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको जनाएको छ ।सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी […]

पुरा पढ्नुहोस् ...

निजी अस्पतालले कोरोना उपचारमा ३५ सयदेखि १५ हजारसम्म लिन पाउने

पोखरा, साउन १५। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को उपचारका लागि नीजि अस्पतालले लिने शुल्कको मापदण्ड तोकेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभिड–१९ सङ्क्रमितको उपचार वापत् न्युनत्तम दैनिक प्रति व्यक्ति तीन हजार पाँच सय रुपियाँ र अधिकत्तम १५ हजार नबढ्ने गरी तोकिएको जानकारी दिनुभएको छ । लकडाउन खुकुलो भएयता सङ्क्रमितको संख्या बढ्दैछ । पछिल्लो […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप २१० जनामा संक्रमण,कुल १९२७३

पोखरा, साउन १४। नेपालमा कोरोनाभाइरसका २१० जना नयाँ सङ्क्रमित थपिएका छन । पछिल्लो चौबीस घण्टामा छ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा कोभिड –१९ का पाँच हजार ३६० जनामा सङ्क्रमण सक्रिय रहेका छन भने हालसम्म नेपालमा कोरोनाभाइरसबाट […]

पुरा पढ्नुहोस् ...

कालीकोटमा पहिरोले एकै घरका सातको ज्यान लियो, ४ ले भागेर ज्यान जोगाए

पोखरा, साउन १४ । कालीकोट जिल्लामा नरहरीनाथ गाउँपालिका वडा नं ७ मा मंगलबार राति पहिरोले घर पुरेपछि एकै घरका सात जनाको निधन भएको छ । स्थानीय गङ्गे बुढाको घर पुरिँदा उनीलगायत ११ जना घर परिवारमध्ये सात जना घरभित्रै पुरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकृत यक्षराज जोशीले दिनुभएको जानकारी अनुसार सात […]

पुरा पढ्नुहोस् ...

दुई साता यताकै सबैभन्दा बढी संक्रमित थपिए, कुल १९ हजार ६३ पुग्यो

पोखरा, साउन १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नेपालमा कोरोनाभाइरसका ३११ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।पछिल्लो चौबीस घण्टामा करिब ५ हजार २ सय जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा ३११ नयाँ सङ्क्रमितको पुष्टि […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरस अपडेटः १३९ नयाँ सङ्क्रमित थपिए, ६२६ निको

पोखरा, साउन १२ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका १३९ नयाँ सङ्क्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनको जानकारी अनुसार सोमबार १३९ जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको संख्या १८ हजार ७५२ पुगेको जनाएको छ । नेपालमा हाल कोभिड–१९ को भाइरस सक्रिय रहेको सङ्क्रमितको संख्या चार हजार ९५० […]

पुरा पढ्नुहोस् ...

युभेन्टस बन्यो ‘सिरी ए’ च्याम्पियन

एजेन्सी । इटालियन सिरी ए को उपाधि युभेन्टसले जितेको छ । योसहित युभेन्टसले लगातार नवौं पटक सिरी ए को उपाधि जितेको छ । घरेल मैदान एलिएन्ज एरिनामा साम्पडोरियालाई २–० गोलले हराउँदै युभेन्टसले दुई खेल अगाडि नै लिगको उपाधि जित्न सफल भएको हो । गएराति भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेर्डिको बेरनरडेस्चीले एक एक […]

पुरा पढ्नुहोस् ...

भदौ १५ देखि नियमित स्कुलको तयारी

पोखरा, साउन १२ । लकडाउन अन्त्यको घोषणा गर्दै सरकारले विद्यालयमा भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि नियमित पठनपाठन हुने सम्भावना बढेको छ । सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन गर्ने विगतको अभ्यास भएकाले यसपटक सोही प्रक्रिया अवलम्बन गर्ने आन्तरिक तयारी गरिएको छ । […]

पुरा पढ्नुहोस् ...

लामो दूरीका यातायात छिटो खुलाउन माग, जिल्ला बाहिर जाने यात्रु समस्यामा परे

पोखरा साउन ११ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् । जिल्लाबाहिर जानैपर्ने यात्रु समस्यामा परेकाले लामो दूरीको यातायात छिटो सञ्चालन गर्न माग गरेको छ ।छोटो दूरीका मात्र सार्वजनिक यातायात सञ्चालन गर्दा यात्रु झन् समस्यामा परेको […]

पुरा पढ्नुहोस् ...

उत्तरतर्फ लागेका सलहको झुण्डको शक्ति कमजोर हुँदै

पोखरा, साउन १०। मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार पहिले आएका झुण्ड मुस्ताङ, म्याग्दी बाग्लुङ, […]

पुरा पढ्नुहोस् ...

थप १४७जनामा कोरोना संक्रमण, निको १५६

पोखरा, साउन ८। पछिल्लो २४ घण्टामा नेपालमा कोभिड–१९ का १४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आफ्नो नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार २४१ पुगेको जानकारी दिनुभयो।यस्तै, १५६ निको भएर घर फर्केका छन् । योसँगै निको हुनेहरु १२ […]

पुरा पढ्नुहोस् ...

थप १०० सङ्क्रमित, २०७ निको

पोखरा, साउन ७। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ७७९ नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा कोभिड–१९ का एक सयजना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ९४ पुगेको छ । यस्तै, २०७ निको भएर घर फर्केका छन् । योसँगै […]

पुरा पढ्नुहोस् ...

आजदेखि त्रिविका सबै क्याम्पस खुल्ने, भदौँ ७ बाट परीक्षा सुरु हुने

पोखरा, साउन ७ गते । सरकारले कोरोना भाइरस कोभिड –१९ को सङ्क्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दी खुला गर्ने निर्णय गरको कारण त्रिभुवन विश्वविद्यालय पनि आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने […]

पुरा पढ्नुहोस् ...

१२० दिनपछि लकडाउन अन्त्य भएको घोषणा

पोखरा, साउन ६। गएको चैत ११ गतेदेखि सुरु भएको लकडाउन नेपाल सरकारले मङ्गलवार राती १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको छ। सोमवारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले बताउनुभयो। तर विभिन्न क्षेत्रमा जारी कतिपय प्रतिबन्धहरू कामयमै राखिएको र त्यसलाई क्रमशः खुला गर्दै लगिने पनि उहाँले बताउनुभयो। आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास […]

पुरा पढ्नुहोस् ...