डब्लूएचओ भन्छ,“कोरोनाभाइरस हामीसँग लामो समय रहन्छ”

एजेन्सी । विश्व स्वास्थ्य संगठन “डब्लूएचओ”का प्रमुख डा.टेड्रोस अधानोम घेब्रेसेयसले कोरोनाभाइरस हामीसँग लामो समय रहने बताउँदै यसबिरुद्धको लडाईंमा कुनै पनि लापरवाही नगर्न चेतावनी दिएका छन् । अफ्रिका, पूर्वी युरो, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड–१९ को संक्रमितको संख्या बढेकोमा पनि उनले चिन्ता व्यक्त गरेका हुन् । चाँडै लकडाउन हटाए, भाइरसको संक्रमण पुनः सक्रिय हुने उनको […]

पुरा पढ्नुहोस् ...

एकैदिन ११ जनामा कोरोना सङ्क्रमण देखिएपछि उदयपुर सिल

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको आसपासका ११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि प्रदेश १ सरकारले जिल्ला सिल गर्ने निर्णय गरेको छ । उदयपुरमा मात्रै २४ जनामा सङ्क्रमण देखिएकोले जिल्ला नै सिल गरेर लकडाउनलाई अझै कडाइ गर्दै निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिनुभयो । ‘भुल्के यसअघि नै सिल गरिएको थियो, […]

पुरा पढ्नुहोस् ...

नेपालमा कोराना संक्रमितको संख्या ४२ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुरको भुल्केस्थित मस्जिद क्षेत्रका थप ११ जनामा आज कोरोना संक्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो । यसअघि कुल ३१ जनामा संक्रमण रहेको आज ११ जनाको थप पुष्टि भएसँगै कुल संख्या ४२ पुगेको हो । यसमा उदयपुरका […]

पुरा पढ्नुहोस् ...

चट्याङबाट कसरी बच्ने ?

हरेक वर्ष चट्याङ परेर कैयौं मानिसको ज्यान जाने गरेको छ। केहि दिन अघि मात्र धादिङको थाक्रे गाउँपालिकाको ३ को मल्दुङ गाउँका घरमा सोमबार राती एक्कासी हाइभोल्टेज विद्युत प्रवाह हुँदा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।गाउँ नजिकै रहेको विद्युत ट्रान्सफर्मर अचानक पड्किएपछि घरघरमा हाइभोल्टेज विद्युत प्रशारण भएको प्रहरीले […]

पुरा पढ्नुहोस् ...

उदयपुरमा थप आठ जनामा कोरोना संक्रमण पाइयो

उदयपुर । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने थप आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ । आठ जनामा पहिलो पीसीआर परीक्षणमा पोजेटिभ देखिएकाले पुन पुष्टिका लागि स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड […]

पुरा पढ्नुहोस् ...

कृषि विश्वविद्यालयले तितेपाती मिसाइएको स्यानिटाइजर उत्पादन गर्‍यो

चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालयले तितेपातीको तेल मिसाएर स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लीसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रण रहेको विश्वविद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिए तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग हो । सो स्यानिटाइजर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयार पारिएको सापकोटाको दावी […]

पुरा पढ्नुहोस् ...

कोरोना परीक्षण गराउने बढ्दैछन काठमाडौँमा

रासस । सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षणलाई तीव्रता दिएसँगै काठमाडौँ महानगरपालिकामा परीक्षण गराउनेहरु बढ्न थालेका छन् । केही दिनअघि काठमाडौँकै सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको हो ।कामपामा गत बुधबारदेखि शुरु भएको ¥यापिड डायग्नोष्टिक टेष्ट “आरडिटी” मा अहिलेसम्म ८०८ जनाले परीक्षण गराएकामा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । कूल ३२ वडा रहेको कामपामा […]

पुरा पढ्नुहोस् ...

अमेरिकामा लक डाउन खुकुलो पार्ने दवाब तर मृत्यु हुनेको सङ्ख्या ४१ हजार नाघ्यो

एजेन्सी । अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ।यसैबीच सबैभन्दा प्रभावित न्यूयोर्कमा आक्रामक रूपमा परीक्षण सुरु गरिने बताइएको छ। न्यूयोर्क राज्यमा सङ्क्रमणको दर क्रमिक रूपमा कम हुँदै गएका […]

पुरा पढ्नुहोस् ...

दक्षिण कोरियामा २४ घण्टामा केवल आठ जनामा कोभिड–१९ भेटियो, सामाजिक जमघटमा लगाइएको प्रतिबन्ध फुक्का

एजेन्सी । दक्षिण कोरियामा विगत २४ घण्टामा केवल आठ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको विवरण प्राप्त भएको छ। दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो। सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुक्का गर्ने घोषणा गरेको छ। आठ सङ्क्रमितमध्ये पाँच जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ। […]

पुरा पढ्नुहोस् ...

पोखरा महानगरमा होलबडी सेनिटाइजर टनेल

पोखरा । पोखरा महानगरपालिका र नेपाल इन्जिनियरिङ एसोसिएसन “एनइए” गण्डकीको सहकार्यमा निर्माण गरिएको स्वचालित सेनिटाइजर टनेल महानगरको कार्यालय परिसरमा राखिएको छ । कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित सेनिटाइजर टनेलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार शुभारम्भ गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले कोरोना भाइसरबाट […]

पुरा पढ्नुहोस् ...

स्वास्थ्यकर्मीको सम्मानमा विश्वचर्चित कलाकारले गरे अनलाइन कन्सर्ट

एजेन्सी। कोरोना भाइरस ९कोभिड १९० को महामारीविरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सम्मान र विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विश्वका चर्चित गायक गायिकाहरुले अनलाइन कन्सर्ट गरेका छन् । अनलाइन कन्सर्टमा एक सय जना गायक गायिकाहरुले सांगीतिक प्रस्तुती दिएका थिए । शनिबार इन्टरनेटमा प्रसारित यस कार्यक्रमलाई ‘वन वर्ल्ड–टुगेदर एट होम’ नाम दिइएको थियो । गायकगायिकाहरुले आ-आफ्नै […]

पुरा पढ्नुहोस् ...

उदयपुरमा भेटिएका कोरोना सङ्क्रमित १२ भारतीय नागरिकको नेपाल प्रवेश गरेदेखिको यात्रा विवरण

उदयपुर ।उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका १२ भारतीय कोरोना सङ्क्रमितहरु विराटनगरको जोगवनी नाका हँदै नेपाल प्रवेश गरेको खुलेको छ । ट्राभल हिस्ट्री अनुसार उनीहरु विराटनगरको जोगबनी नाकाबाट नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीर बहादुर बुढामगरले जानकारी दिनुभयो । उनीहरु यसअघि वीरगन्जमा भेटिएका सङ्क्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको […]

पुरा पढ्नुहोस् ...

चितवनमा एकै परिवारका दुई जनामा कोरोना देखियो, पुनः परीक्षणको लागि स्वाब काठमाडौं पठाइयो

चितवन । चितवनको राप्ती नगरपालिकामा बेलायतबाट आएका एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ। भरतपुरस्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनीहरूको नतिजा पोजेटिभ देखिएको हो। पोजेटिभ देखिएपछि अस्पतालले पुनः परीक्षणको लागि दुबैको स्वाब काठमाडौं पठाएको छ। उनीहरूले आफू एक महिना अघि बेलायतबाट हङकङ हुँदै आएको अस्पताललाई बताएका छन्। अहिले दुबै जना भरतपुर अस्पतालको आइसोलेसनमा छन्। […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः सङ्क्रमित बिरामीमध्ये उच्च जोखिममा निकै कम

एजेन्सी । कोरोना भाइरस “कोभिड १९” ले विश्वव्यापी रूप लिँदै जाँदा संसारभरिका मानिस यसको सङ्क्रमण आफूलाई पनि होला भन्ने आशङ्काले भयग्रस्त हुनु स्वाभाविक हो । कोरोनाको अहिलेसम्म औषधि र खोप दुवै पत्ता लागिसकेको छैन । औषधि वा खोप पत्ता नलागेको अवस्थामा सङ्क्रमित भएर ज्यान नै जोखिममा कसले पारोस् तर कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढिरहे […]

पुरा पढ्नुहोस् ...