भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता इरफान खानको मृत्युले भारतिय चलचित्रमा ठूलो क्षति पुगेको बताए

प्रसिद्ध बलीवुड अभिनेता इरफान खानको निधन भएको छ। स्वास्थ्य बिग्रिएपछि मङ्गलवार उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनी क्यान्सरबाट पीडित थिए। खानले पानसिंह तोमर, मकबूल, सलाम बाम्बे, द लन्च बक्स, लाइफ अफ पाई, जुर्‍यासिक वर्ल्ड, स्लमडग मिलीअनेअरजस्ता बलीवुड र हलीवुडमा बनेका चर्चित चलचित्रमा अभिनय गरेका छन्। उनको अभिनयको धेरैले प्रशंसा गरेका […]

पुरा पढ्नुहोस् ...

नागरिक भारतबाट लुकिछिपी नेपाल भित्रिन संक्ने सम्भावना देखेर सीमा सुरक्षा गर्न म्यादी प्रहरी

चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५० म्यादी प्रहरी छनोट गरी परिचालन गर्ने भएको छ । नेपाल भारत सीमामा पर्ने उक्त गाउँपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ ।गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकमध्येबाट छनोट गरी लकडाउन अवधिभर सीमा क्षेत्रको रेखदेख गर्ने जिम्मा दिइने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो । […]

पुरा पढ्नुहोस् ...

पछिल्लो समय कोरोना संक्रमित रौतहटका दुईजना लकडाउनमा भारतबाट लुकीछिपि नेपाल आएका थिए

रौतहट । रौतहटका दुईजनामा कोरोना संक्रमण पुष्टिभएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको । उनीहरु लकडाउनको समय लुकीछिपी भारतबाट घर आएपछि क्वारेन्टाइनमा राखिएको थियो । काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएका उनीहरु मध्य देवाही बोनाही नगरपालिका १ का ३५ वर्षीय पुरुष छन् भने अर्को वृन्दाबन नगरपालिका ९ का २४ वर्षीय पुरुष हुन् । […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः कोभिड-१९ बारेका झूटमा किन विश्वास गर्छन् मानिसहरू?

बिबिसी । कुनै पनि स्वास्थ्य सङ्कटका बेला गलत सूचनाको महामारी पनि उत्पन्न हुनु एउटा दुखद सत्य हो। सन् १९८०, १९९० र २००० ताका एड्सबारे हामीले यस्तै खतरनाक झूट फैलाइएको देख्यौँ। त्यसबेला एचआईभी भाइरस सरकारी प्रयोगशालामा बनाइएको थियो भन्नेदेखि त्यसको परीक्षण विश्वसनीय छैन भन्नेसम्मका गलत जानकारी फैलाइएको थियो। एउटा भ्रामक र निराधार सूचनामा त बाख्राको दूधले […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः ९ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भए

एजेन्सी । विश्वका विभिन्न देशमा गरी कोरोना भाइरस “कोभिड १९” सङ्क्रमितमध्ये ९ लाखभन्दा धेरै निको भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३० लाख ६० हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९ लाख १९ हजार आठ सय ९४ जना निको भएको वल्डओमिटरले जनाएको छ । त्यस्तै […]

पुरा पढ्नुहोस् ...

चीनको वुहान सहर कोरोना सङ्क्रमित शून्य

एजेन्सी ।चीनको वुहान शहरमा पहिलो पटक कोरोना सङ्क्रमित शून्यमा झरेको छ । गएको डिसेम्बर अन्तिममा पहिलोपटक वुहानमा कोरोना सङ्क्रमण देखिएको थियो । शुक्रबार अस्पतालमा रहेका ११ जना कोरोना सङ्क्रमित डिस्चार्ज गरेपछि एक जना पनि नयाँ बिरामी नथपिएका चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेगले बताउनुभएको छ । यो सबै स्वास्थ्यकर्मीको मिहेनतले सम्भव भएको उहाँले बताउनुभएको […]

पुरा पढ्नुहोस् ...

कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन “डब्लूएचओ”ले नेपाललाई कोरोना भाइरस “कोभिड–१९”को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम सूचीमा सुधार भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालले कोरोनाविरुद्ध कार्य गरेको आधारमा डब्लूएचओले नेपाललाई अति उच्च जोखिमको सूचीबाट उच्च जोखिमको सूचीमा झारेको जानकारी दिनुभयो । […]

पुरा पढ्नुहोस् ...

मुख्यमन्त्री गुरुङ भन्नुहुन्छ “गण्डकी प्रदेशमा लकडाउन खुकुलो बनाउनुपर्छ”

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा लकडाउन खुकुलो पार्दै लैजाने बताउनुभएको छ। बागलुङका दुबै जना कोरोना भाइरस संक्रिमित उपचार पश्चात निको भएर घर फर्किए पछि उहाँले गण्डकी प्रदेश अब ग्रिन जोनमा परेकोले यो कार्य गर्नुपर्ने विचार राख्नुभयो । उहाँले गण्डकी प्रदेशका नाकाहरुमा कडाइ गरेर गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा उत्पादन र निर्माणका काम […]

पुरा पढ्नुहोस् ...

भारतमा लकडाउन केही खुकुलो गर्ने

एजेन्सी । भारतले कोरोना भाइरस “कोभिड–१९” महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ । भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ । तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ । मदिरा पसलहरू सञ्चालनको […]

पुरा पढ्नुहोस् ...

नेपालकी पाँचौ कोरोना संक्रमित पनि निको भएर घर फिर्ता

बाग्लुङ। नेपालको पाँचौ कोरोना संक्रमित युवती अन्सु सापकोट पनि बागलुङको धवलागिरी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएकी छिन । उनी बेज्लियमबाट चैत ४ गते काठमाडौं आएकी थिइन । फ्रान्सबाट आएकी प्रसिद्धी श्रेष्ठ आएकै एउटै जहाजबाट उनी पनि आएकी र श्रेष्ठमा संक्रमण देखिए पछि उनको स्वास्थ्य परीक्षण गर्दा चैत्र १५ गते सापकोटामा पनि संक्रमण पुष्टि भएको थियो […]

पुरा पढ्नुहोस् ...

भोजपुरमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ४८ पुग्यो

पोखरा । भोजपुरमा पनि कोराना भाइरस “कोभिड–१९” का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ । उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन । हाल नेपालमा ४८ जना […]

पुरा पढ्नुहोस् ...

नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या १०,धनगडीमा एक जना निको

धनगढी। धनगढीमा कोरोना संक्रमणको उपचार गराइ रहनुभएकी ६५ वर्षिया पाना विक आज निको भएर घर फर्कनु भएको छ ।बीरगञ्जमा चिया व्यापार गर्ने उहाँ लकडाउन सुरु भए पछि धनगढी पुग्नु भई क्वारेन्टाइनमा रहनु भएको र सो क्रममा उहाँको स्वास्थ्य परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण पाइएको थियो ।यसबीच आजै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक ८१ महिला […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः थप दुई जनामा सङ्क्रमण भएको पुष्टि

बिहीवार थप दुई जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उसका अनुसार उदयपुरका ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोभिड–१९ देखिएको हो। योसहित नेपालमा अब कुल सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ,मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले भने। बिहीवार नै पाटन अस्पतालमा उपचाररत दुई जना भाइरसमुक्त भएपछि घर फर्किएका छन्। उनीहरू ब्रिटेनबाट नेपाल […]

पुरा पढ्नुहोस् ...

घर पालुवा बिरालोमा पनि देखियो कोरोना सङ्क्रमण

एजेन्सी । अमेरिकाको न्युयोर्कमा दुई वटा बिरालोमा पनि कोरोना भाइरस “कोभिड १९” को सङ्क्रमण पुष्टि भएको छ । सास फेर्न समस्या भएपछि गरिएको परीक्षणमा दुई वटा बिरालोमा कोरोना भएको पाइएको बीबीसीले जनाएको छ । सङ्घीय अधिकारीहरुका अनुसार अमेरिकामा घरमा पालिएको बिरालोमा कोरोना भाइरसको सङ्क्रमण पाइएको यो पहिलो घटना हो । ती दुई बिरालोमा कोरोना सङ्क्रमण […]

पुरा पढ्नुहोस् ...