कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारी असिनाको वर्षा

देवराज तामाङ कञ्चनपुर । बुधबार अचानक मौसम बदली भई असिना झरेपछि जमिन पुरै सेताम्य भएको छ भने बेमौसमी तरकारी बाली तथा अन्नबालीमा क्षति पुगेको किसानहरूले बताएका छन। सुदुरपश्चिम, कंचनपुर, पुनर्वास आइ.बी.आर.डी क्षेत्र तथा बेलौरी लगायत आसपासका क्षेत्रमा अचानक आएको बेमौसमी असिना र बर्षाको कारण खेतीबाली सखाप भएकाले किसानहरुमाथि बज्रपात नै परेको अबस्था छ । तसर्थ […]

पुरा पढ्नुहोस् ...

प्रिमियर लिगः चेल्सीले टोटेनहमलाई हरायो, आर्सनल र लिभरपुलको फराकिलो जित

एजेन्सी – प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा लन्डन क्लब चेल्सीले चिर परिचित प्रतिद्वन्द्वी टोटेनहम हट्सपरलाई २–० ले पराजित गरेको छ । त्यस्तै लिभरपुल र आर्सनलले फराकिलो जित हात पारेका छन् । चेल्सीले एकतर्फी दवाव बनाएको खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ‌। खेलको ५७ औँ मिनेटमा कप्तान सेजार एज्पिलिक्वेटाको पासमा पेड्रो रोड्रिग्वेजले […]

पुरा पढ्नुहोस् ...

काठमाडौं उपत्यकामा १२ वर्षपछि हिमपात

रासस। भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौं उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हुँदा चिसो बढेर जनजीवन प्रभावित भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौं […]

पुरा पढ्नुहोस् ...

रियलको मैदानमा बार्सिलोनाको सानदार जित

एजेन्सी – रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा सानदार जित दर्ता गर्दै बार्सिलोनाले स्पेनिस कोपा डेल रेको फाइनलमा पुुगेको छ । बुधबार भएको दोस्रो लेगमा लुइस सुआरेजको दुई गोलमा बार्सिलोनाले ३–० को जित दर्ता गरेको हो । यससँगै समग्रमा बार्सिलोना ४–१ को जितसँगै प्रतियोगिताको उपाधि भिडन्तमा पुगेको छ । यसअघि क्याम्प नोउमा भएको पहिलो लेगको […]

पुरा पढ्नुहोस् ...

रियल म्याड्रिड र बार्सिलोना आज भिड्दै

एजेन्सी – स्पेनिस कोपा डेल रे अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिड र बार्सिलोना आमने–सामने हुँदैछन् । पहिलो लेग १-१ को बराबरीमा सकिएको खेलको दोस्रो लेग रियल म्याड्रिडको मैदान सान्टियागो बर्नाबाउमा हुँदैछ । पहिलो लेगमा रियलले बार्सिलोनालाई दबाबमा राख्दै अग्रता पनि लिएको थियो । लुकास भाज्केजको गोललाई ब्राजिलियन माल्कमले बराबरीमा ल्याएका थिए । त्यसयता रियलले […]

पुरा पढ्नुहोस् ...

हेलिकप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारी सहित सवार सबैको मृत्यु भएको पुष्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले पुष्टि गरेका छन् । उद्धारका लागि गएको हेलिकप्टर घटनास्थल पुगिसकेको छ र त्यहाँबाट आएको विवरण अनुसार सबैको ज्यान गएको छ । एपीवान टेलिभिजनसँग कुरा गर्दै उद्धारमा खटिएको सिम्रिक […]

पुरा पढ्नुहोस् ...

इन्डोनेशियामा सबैभन्दा ठूलो मौरी फेला पर्‍यो

बिबिसी । लोप भएको भन्ठानिएको संसारकै सबैभन्दा ठूलो मौरी फेरि भेटिएको छ। वयस्क मानिसको बूढी औँलाजत्रो ठूलो सो मौरी इन्डोनेशियाको एउटा टापुमा फेला परेको हो। धेरै दिनको प्रयासपछि वन्यजन्तुविज्ञहरूले एउटा पोथी मौरी भेटेका हुन्। उनीहरूले उसको तस्बिर र भिडिओ पनि खिचेका छन्। वालिसज् जाइअन्ट बी भनिने सो मौरीको वर्णन सर्वप्रथम सन् १८५८ मा ब्रिटिश अन्वेषक […]

पुरा पढ्नुहोस् ...

चेल्सीलाई हराउँदै सिटीले लिग कपको उपाधि जित्यो

एजेन्सी – चेल्सीलाई टाइब्रेकरमा पराजित गर्दै म्यानचेस्टर सिटीले लिग कपको उपाधि उचालेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरले निकाल्यो जसमा सिटी ४–३ ले विजयी रहयो ।खेलको अन्तिम समयमा चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीले गोलरक्षक केपा आर्रिजबगालालाई परिवर्तन गर्न खोजेपनि खेलाडी आफैंले बाहिर निस्कन नमान्दा प्रशिक्षक रिसले आक्रोशित बनेका थिए । सार्रीले […]

पुरा पढ्नुहोस् ...

प्रिमियर लिगः लिभरपुल र युनाइटेडले बराबरी भयो

एजेन्सी । म्यानचेस्टर युनाइटेडसँग गोलरहित बराबरी खेलेपछि लिभरपुल पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । घरेलु मैदानमा युनाइटेडले पहिलो हाफमा गोलका केहि राम्रो अवसर पाएर पनि गोल गर्न सकेन । जेसी लिङगार्डको प्रयासलाई लिभरपुलका गोलकिपर एलिसनले विफल पारे भने एन्ड्रिुय रोबार्टसनको कर्नमा जोन माटिपको प्रहार क्रसबारमा लागेर फर्केको थियो । त्यस्तै एस्ले योङको क्रसमा पाउल […]

पुरा पढ्नुहोस् ...

३ मिनेट ढिलो पुगेपछि जापानका एक मन्त्रीले माफी माग्नुपर्यो

नेपालमा कुनै पनि कार्यक्रम वा ठाउँमा ढिलोपुग्दा सजिलैसँग लिइन्छ तर जापानका एक मन्त्रीले तोकिएको समयभन्दा ढिलौ पुग्दा खप्कीका साथै माफी समेत माग्नुपरेको छ । योशीताका साकुरादा जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री हुन्। बिहीवार उनी निर्धारित संसदीय बैठकमा ३ मिनेट ढिलो पुगे। विपक्षी सांसदहरूले उनको ढिलाईले उनको कार्यालयप्रतिको अपमान दर्शाएको भन्दै बजेट समितिको बैठक नै विरोधस्वरूप पाँच […]

पुरा पढ्नुहोस् ...

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाले सेभिल्लालाई हरायो

एजेन्सी । ला लिगा फुटबल खेल अन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लाको घरेलु मैदानमा बार्सिलोनाले ४–२ गोलको अन्तरले सेभिल्लालाई हराएको छ ।पहिलो हाफसम्म सेभिल्लाले जिजस नाभासको १ गोलको मद्धतले अग्रता लिएता पनि उक्त अग्रतालाई थामिराख्न सकेन । खेलमा मेस्सीले एक उत्कृष्ट भलि गोल गर्दै खाता खोले खेल अवधिभर दुई पटक पछाडी परेपनि मेसीले लगातार गोल […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगःएट्लेटिको म्याड्रिडले युभेन्टसलाई हरायो

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत एटलेटिको म्याड्रिड र युभेन्टसबीच भएको राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडले युभेन्टसलाई २–० ले पराजित गरेको छ । एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले बलमा पकड बनाउँदै सुरुवाती अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार बेहोरेको हो । गोलरहित सकिएको पहिलो हाफ पछी एट्लेटिकोले दोस्रो […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगः लिभरपुल र बायर्न बराबरीमा रोकिए

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा लिभरपुल र बायर्न म्युनिखले गोलरहित बराबरी खेलेका छन् । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले तीन वटा उत्कृष्ट मौका पाए पनि गोल गर्न सकेन । घरेलु दर्शकको साथ पाएको लिभरपुलका साडियो मानेले पहिलो सुरुवातमा नै पाएको उत्कृष्ट मौका खेर फाले । त्यसपछि रोबेर्टो फेरमिन्होको पासमा जोयल मेटिपले […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिग : बार्सिलोना र लियोनको खेल गोलरहित बराबरी

एजेन्सी । फ्रान्सेली क्लब लियोनका गोलरक्षक एन्थोनी लोपेसको उत्कृष्ट प्रदर्शनसँगै यूईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ । स्टार खेलाडीले भरिएको बार्सिलोनाले खेल अवधिभर २५ अवसर सिर्जना गरेपनि त्यसमा गोलरक्षक लोपेस बाधक बनिरहे । खेलको सुरुवाती समयदेखि नै अवसर पाएको बार्सिलोनाका लागि लियोनेल मेसी, लुइस सुआरेज, फिलिपे कोउटिन्हो, […]

पुरा पढ्नुहोस् ...