चीनको वुहान पुग्यो डब्ल्यूएचओको टिम

एजेन्सी, माघ १ गते । विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ को टिम चीनको वुहान सहर पुगेको छ । यो टिम कोभिड–१९ को सुरुवात कसरी भयो, यसबारेमा जाँच गर्न वुहान पुगेको हो । विश्व स्वास्थ्य सङ्गठन र चीनबीच लामो समयसम्म चलेको छलफलपछि कोरोना भाइरसको जाँच, अनुसन्धानका लागि सहमति बनेको हो । १० वैज्ञानिकको यो टिमले अनुसन्धान संस्था, […]

पुरा पढ्नुहोस् ...

वैज्ञानिकको अर्को चमत्कार, बनाए सपना ह्याक गर्ने उपकरण

एजेन्सी, माघ १ गते। सपना हामी जहिल्यै दुई तरिकाले देख्छौँ । एउटा खुल्ला आँखाले र अर्को निदाएका बेला चिम्लिएका आँखाले । खुल्ला आँखाले देखेको सपनालाई हामी आफ्नो लक्ष्य बनाउँदछौँ र आफ्नो जीवनमा कहिल्यै नबिर्सिने गरेर राख्छौँ भने, निदाएको आँखाले देखेका आधा सपना उठ्दासम्म बिर्सिसक्छौँ । निदाएका आँखाबाट देखिएका सपना पनि हामीले धेरै मिहेनत गरेर वास्तविकतामा […]

पुरा पढ्नुहोस् ...

बाबुले घरमा आगो लगाए, दुई नाबालक छोराको मृत्यु

मान्म, रासस, पुस २९ गते ।कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ । घरायसी झगडाका कारणले बटालाले घरमा […]

पुरा पढ्नुहोस् ...

नेपाललाई रुसले दिनेभयाे २ करोड ५० लाख डोज कारोना खोप

एजेन्सी ।नेपाललाई रुसले विकास गरेको कोरोनाविरुद्धको खोप दिन सक्ने बताएको छ । रुसले २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने सम्झौता गरेको रोयटर्सले जनाएको छ ।विभिन्न मुलुकमा Sputnik v खोप उपलब्ध गराउने सम्झौता गर्दै आएको रुसले नेपाललाई पनि खोप दिने भएको हो । रुसले भारतलाई पनि खोप दिने सम्झौता गरेको समाचारमा उल्लेख छ । […]

पुरा पढ्नुहोस् ...

पोखरा अन्तर्राष्ट्रिय म्याराथनकाे १५ अाै संस्करण फागुन १ गते हुने

पोखरा, पुस २८ गते । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको उक्त म्याराथन विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना […]

पुरा पढ्नुहोस् ...

युभेन्टसको जितमा रोनाल्डोको गोल

एजेन्सी – इटालियन सिरी “ए” अन्तर्गत गए राति भएको खेलमा युभेन्टसले सस्सुलोमाथि ३–१ को सहज जित हात पारेको छ। यो उसको लागातार तेस्रो जित हो । युभेन्टसको जितमा डानिलो, आरोन राम्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरे । सस्सुलोका ग्रिगोइरे डिफ्रिलले गरेको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिदा सस्सुलो पहिलो हाफको […]

पुरा पढ्नुहोस् ...

पुसमै गर्मीको अनुभव

काठमाण्डौ, पौस २७ गते । दुई दिनदेखि काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न ठाउँमा दिउँसो गर्मी अनुभव हुन थालेको छ । पुसमै गर्मी भएको भन्दै धेरै अचम्ममा परेका छन् । दिउँसोको अधिकतम तापक्रम बढेपछि गर्मी अनुभव भएको हो । शुक्रबार काठमाण्डौको अधिकतम तापक्रम २१ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा शनिबार २२ दशमलव ४ डिग्री सेल्सियस पुगेको […]

पुरा पढ्नुहोस् ...

बार्सिलोना तेस्रो स्थानमा उक्लियो

एजेन्सी । ला लिगा अन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–० गोलको अन्तरले हराएपछि अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । कप्तान लिओनल मेस्सी र एन्टोनी ग्रिजम्यानको दुई/दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा ग्रानडालाई ४–० ले पराजित गरेको हो । उक्त सहज जितपछि बार्सिलोना फेरि तेस्रो स्थानमा उक्लेको छ । दोस्रो स्थानको रियल […]

पुरा पढ्नुहोस् ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनामा निर्माण सम्पन्न हुने, रिट्ठेपानी डाँडा काटिँदै

पोखरा, पौष २४ गते । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अबको ६ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ । हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा […]

पुरा पढ्नुहोस् ...

बिलिभर्स इष्टर्न समुदाय नेपालद्वारा राउटे परिवारलाई कम्बल वितरण

दैलेख, पौष २४ गते । बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका ८ दैलेखमा बस्दै आएका ४५ राउटे परिवारलाई ४८ थान कम्बल वितरण गरेको छ ।समुदायले राउटे बस्तीमै पुगेर ४८ थान कम्बल बितरण गरेको छ । गुराँस गाउँपालिका ८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ राउटे परिवार चार दिन अघि बेसी झरेको खबर पाएपछि धरमपोखराबाट सुर्खेत चिङ्गाड […]

पुरा पढ्नुहोस् ...

वश्वकै धनी बन्न सफल एलन मस्क

एजेन्सी । अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत तथा स्पेस एक्सका संस्थापक एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गले जारी गरेको धनाढ्यको सूचीमा ४९ वर्षका मस्क पहिलो नम्बरमा पुगेका हुन् । सूचीमा विश्वका ५ सय अर्बपति छन् । गत वर्षदेखि टेस्लाको सेयरमा ८ गुनाभन्दा धेरै वृद्धि भइसकेको […]

पुरा पढ्नुहोस् ...

अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गर्ने युवती पक्राउ

दैलेखः दैलेखका विभिन्न व्यक्हतिहरूलाई अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले सुनसरीकी एक युवतीलाई पक्राउ गरेको छ। गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख आएकी इटहरी उप–महानगरपालिका–४ बस्ने २४ वर्षीया विद्या शर्मा नाम बताउने उनलाई ठगी गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो। आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटी नेपालको “सिइओ” बताउँदै […]

पुरा पढ्नुहोस् ...

भारतमा एभिअन फ्लूका कारण हजारौँ पन्छीहरू मारिदै

भारतका विभिन्न ठाउँमा पन्छीहरुमा फ्लू देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको जनाइएको छ। त्यहाँ धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका बताइएको छ । भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ। त्यहाँ मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ। केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द […]

पुरा पढ्नुहोस् ...

अनलाइन डेलिभरी बढाउनको लागि थप ११ जेट किन्दै अमेजन

ईकमर्स जायन्ट अमेजनले प्रयोगकर्ताबाट हुने अर्डरलाई चुस्त बनाउन थप ११ जेट खरिद गर्ने भएको छ । कम्पनीले डेल्टा एण्ड वेस्टजेट एयरलाइन्स कम्पनीमार्फत सो संख्यामा विमान खरिद गर्ने भएको हो । कम्पनीका अनुसार आफ्नो डेलिभरी नेटवर्कलाई चुस्त बनाउने उद्देश्यले प्लेन खरिद गर्न लागिएको हो । यसअघिसम्म विभिन्न कम्पनीसँग प्लेन भाडामा लिएर सामान डेलिभरी गर्दै आएको कम्पनीले […]

पुरा पढ्नुहोस् ...