सबैका लागि खोपको पहुँच सुनिश्चित गर्न कोभाक्सको पहल सराहनीयः प्रम ओली

काठमाडौं मङ्सिर १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको उल्लेख गर्दै धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको सराहना गर्नु भएको छ । ‘कोभिड–१९ महामारी सम्बोधन गर्न संयुक्त राष्ट्र संघीय महासभाको ३१ औं […]

पुरा पढ्नुहोस् ...

थप एक हजार ३४३ सङ्क्रमित, दुई हजार १११ निको

काठमाडौं, मङ्सिर १८ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार ३४३ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३७ हजार ५८९ पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा एक हजार ३४३ जना सङ्क्रमित थपिएको पुष्टि भएको […]

पुरा पढ्नुहोस् ...

दुई वर्षको लामो समय पछि राष्ट्रिय गैँडा गणना हुने भएको छ ।

काठमाडौँ, मङ्सिर १८ गते । गत दुई वर्षसम्म हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ । नेपालमा गैंडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाका ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विसं २०७४ […]

पुरा पढ्नुहोस् ...

स्नातकोत्तर तहमा दुई घण्टाको मात्रै परीक्षा, स्नातकको डेढ घण्टा

काठमाडौँ, मङ्सिर १८ गते । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर “एमए”को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार दशक लामो अभ्यासलाई परिवर्तन गर्दै विश्वविद्यालयले परीक्षालाई अब दुई घण्टामा सीमित […]

पुरा पढ्नुहोस् ...

निषेधाज्ञा तोडेको आरोपमा काँग्रेसका वरिष्ठ नेता पक्राउ, पोखरामा नेविसंघ सडकमा उत्रदै

पोखरा, मंसिर १७ गते । पुल उद्घाटनको विषयमा निषेधाज्ञा तोडेको आरोपमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट प्रहरीले पक्राउ गरेको छ।तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलमाथि अत्याधिक बल प्रयोग गरी पक्राउ गरेको विरोधमा साँझ ६ बजे नेपाल विद्यार्थी संघ कास्कीले पोखराको महेन्द्रपुलमा विरोध प्रदर्शन गर्ने भएको छ । यस […]

पुरा पढ्नुहोस् ...

बेलायत सरकारद्वारा कोरोनाविरुद्धको खोप प्रयोग गर्न अनुमति

एजेन्सी – बेलायतले फाइजर बायोएनटेक कोभिडविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमोदन गरेको छ । अर्को साताको सुरुदेखि फाइजर प्रयोगमा ल्याउने गरी बेलायतले खोपलाई अनुमोदन गरेको हो । फाइजरलाई प्रयोग गर्न अनुमति दिने बेलायत विश्वकै पहिलो देश बनेको छ । विश्वमा महामारी निम्त्याएको असामान्य अवस्था, लगभग १५ लाख मानिसको मृत्यु र विश्व अर्थतन्त्रलाई पुन सामान्य अवस्थामा फर्काउन […]

पुरा पढ्नुहोस् ...

चीनले किन पठायो चन्द्रमामा अन्तरिक्ष यान ?

बिबिसी । चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमामा उतारेको छ। उसको रोबोटिक चाङ्ग अ फाइभ अभियान अन्तर्गत गए राति उक्त यान चन्द्रमाको सतहमा अवतरण गरेको हो। उद्देश्य के? चीनको पछिल्लो चन्द्र अभियानको उद्देश्य त्यहाँबाट चट्टान तथा धूलो सङ्कलन गरेर पृथ्वीमा फर्कनु हो। उसको अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ। चन्द्रमाको सतहमा […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगमा सिटी र पोर्टोको बराबरी, लिभरपुलले आयाक्सलाई हरायो

एजेन्सी । पोर्चुगलको पोर्टोले च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग बराबरी खेल्दै अंक बाँडेको छ। दुई खेलअघि नै दुवै टिम अन्तिम १६ मा प्रवेश गरिसकेका क्लब हुन्। आफ्नो घरेलु मैदानमा पोर्टोले सिटीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो। सिटीविरुद्ध पोर्टोले पूरै खेल अवधिभर रक्षात्मक खेल खेलेको थियो। १८ पटक पोर्टोको पोष्टमा प्रहार गर्दा पनि […]

पुरा पढ्नुहोस् ...

फेसबुकले क्रिप्टोकरेन्सी सार्वजनिक गर्दै

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले आउँदो जनवरीमा क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने तयारी गरेको छ । फेसबुकले विभिन्न संस्थाहरुसँगको सहकार्यमा ‘लिब्रा’ नामक क्रिप्टोकरेन्सी ल्याउन लागेको हो । फेसबुकले पहिलो पटक लिब्रा ल्याउने आधिकारिक घोषणा गर्दा यो डलर, युरो र पाउण्ड जस्ता करेन्सीको मिश्रणको रुपमा नयाँ डिजिटल करेन्सी हुने उल्लेख गरेको थियो । यसमा फेसबुकसहित विश्वका प्रमुख टेक […]

पुरा पढ्नुहोस् ...

ब्राजिलमा अमेजनको वन विनाश उच्च गतिमा

बिबिसी । विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्त महत्त्वपूर्ण मानिने ब्राजिलको रेनफरेस्ट भनिने अमेजनको वनजङ्गल क्षेत्रको तीव्र गतिमा विनाश भइरहेको ताजा तथ्याङ्कहरूले देखाएका छन्। यो गति विगत १२ वर्ष यताकै उच्च विन्दुमा पुगेको बताइएको छ। जैविक विविधताको भण्डारमा क्षति अमेजन क्षेत्रमा ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइन्छन् अनि दशलाख जनजातिय समुदायको बसोबास छ। पछिल्ला आँकडाहरूले […]

पुरा पढ्नुहोस् ...

२४ घण्टामा १ हजार ४७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पोखरा, मंसिर १५ गते । नेपालमा कोरोना भाइरस कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दुई लाख ३३ हजार चार सय ५२ पुगेको छ । सोमबार थप एक हजार चार सय ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नौ हजार ६ सय ११ जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ७४ जनामा […]

पुरा पढ्नुहोस् ...

विश्वमै लोकप्रिय टिकटक एपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक अकाउन्ट

पोखरा, मंसिर १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक अकाउन्ट सञ्‍चालन भएको छ ।  विश्वमै लोकप्रिय बनिरहेको टिकटक एपमा प्रधानमन्त्रीले आइतबार अकाउन्ट खोलेका हुन् । प्रधानमन्त्रीको यो टिकटक अकाउन्ट  भेरिफाइडसमेत भइसकेको छ । टिकटक अकाउन्टमा भने कुनै प्रोफाइल फोटो राखिएको छैन । अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको अकाउन्टलाई २६ सय जनाले फलो […]

पुरा पढ्नुहोस् ...

देशभर आधारभूत अस्पताल निर्माण गर्न ५८ अर्ब प्रयोग गरिँदै

एजेन्सी । नेपाल सरकारले मुलुकभर एकैपटक ३९६ आधारभूत अस्पतालहरु निर्माण कार्य शुरु गरेको छ । सात प्रदेशका ७५३ स्थानीय तहलाई समेटेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ शैय्याका ३९६ आधारभूत अस्पताल निर्माण शुरु गरेको हो । प्रदेश १ मा ८६, प्रदेश २ मा ५३, प्रदेश ३ मा ५१, प्रदेश ४ मा ५३, प्रदेश […]

पुरा पढ्नुहोस् ...

जापानमा कोरोना संक्रमितको संख्या बढ्दै २४ घण्टामा २६ सय ८४ जनामा कोरोना संक्रमण

एजेन्सी । जापानमा केही दिनयता कोरोनाभाइरस संक्रमण दर बढेको छ । जापानका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घन्टामा दुई हजार ६ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या २४ घन्टाभित्र देखिएको हालसम्मकै सबैभन्दा बढी हो । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यो संख्या जापानमा कोरोना भाइरसको महामारी देखिएपछिको एक दिनमै देखिएको सबैभन्दा […]

पुरा पढ्नुहोस् ...