बेलायत सरकारद्वारा कोरोनाविरुद्धको खोप प्रयोग गर्न अनुमति

International मुख्य समाचार स्वास्थ्य

एजेन्सी – बेलायतले फाइजर बायोएनटेक कोभिडविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमोदन गरेको छ । अर्को साताको सुरुदेखि फाइजर प्रयोगमा ल्याउने गरी बेलायतले खोपलाई अनुमोदन गरेको हो ।

फाइजरलाई प्रयोग गर्न अनुमति दिने बेलायत विश्वकै पहिलो देश बनेको छ । विश्वमा महामारी निम्त्याएको असामान्य अवस्था, लगभग १५ लाख मानिसको मृत्यु र विश्व अर्थतन्त्रलाई पुन सामान्य अवस्थामा फर्काउन महत्वपुर्ण वस्तुको रुपमा यो खोपलाई हेरिएको छ । बेलायत सरकारले बुधबार मेडिसिन्स एण्ड हेल्थकियर प्रोडक्ट रेगुलेटरी एजेन्सीमार्फत खोप प्रयोगका लागी अनुमति दिएको जनाएको छ । भ्याक्सिन अर्को सातादेखि बेलायतका विभिन्न ठाँउमा उत्पादन गरिने छ ।
खोप उत्पादन समितीले प्रारम्भिक प्रयोगका लागी फ्रन्टलाइनमा काम गरिरहेका व्यक्तिहरूलाई प्राथमिकता दिने बताएको छ । पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, वृद्धवृद्धा र आपतकालिन सेवाका कर्मचारी रहनेछन् । यो सँगै मोर्डना भ्याक्सिन पनि इर्मेजेन्सी प्रयोगका लागी एफडिएले मान्यता दिइसकेको छ । आरएनए टेक्नोलोजीमा आधारित फाइजर र मोर्डना भ्याक्सिन आशा गरिएको भन्दा बढी प्रभावकारी भेटिनुले कोरोना महामारी छोटो नियन्त्रणमा ल्याउन सकिने विज्ञहरूको अनुमान छ ।

एक वर्षको समयमा संक्रमणविरुद्धको भ्याक्सिन सफल परीक्षण हुनुलाई बेलायत सरकारले विज्ञानको दुनियाँमा ऐतिहासिक क्षण बताएको छ । तत्तकालिन समयमा भ्याक्सिन इर्मेजेन्सीका लागि मात्र प्रयोगमा ल्याइने भए पनि एक वर्षको अन्तरालमा भ्याक्सिन उत्पादनमा तिव्रता दिने र विश्वभर कोरोनाविरुद्धको भ्याक्सिनको सहज पहुच हुने वैज्ञानिकहरूको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *