जापानमा कोरोना संक्रमितको संख्या बढ्दै २४ घण्टामा २६ सय ८४ जनामा कोरोना संक्रमण

International मुख्य समाचार स्वास्थ्य

एजेन्सी । जापानमा केही दिनयता कोरोनाभाइरस संक्रमण दर बढेको छ । जापानका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घन्टामा दुई हजार ६ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या २४ घन्टाभित्र देखिएको हालसम्मकै सबैभन्दा बढी हो ।

जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यो संख्या जापानमा कोरोना भाइरसको महामारी देखिएपछिको एक दिनमै देखिएको सबैभन्दा ठूलो संख्या हो । योसँगै जापानमा कोरोना भाइरसका संक्रमितको संख्या एक लाख ४६ हजार दुई सय १४ जना पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयले राजधानी टोकियोमा पछिल्लो समयमा धेरै संक्रमित पाइएको जनाएको छन् ।

यसअघि पनि गत महिना यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले अब फेरि समस्या बढ्दै गएमा आपतकालको अवस्थामा जस्तै केही नीतिमा परिवर्तन हुन सक्ने बताएका थिए ।

संक्रमण टोकियोमा मात्र नभएर अन्यत्र शहरमा पनि सरेको छ । आइतबार देखिएका संक्रमितमध्ये टोकियामा मात्र होइन, त्यहाँभन्दा बाहिर पनि फैलिएको छ ।
जापानका विकट टापुहरुमा पनि कोरोना भाइरस संक्रमित भेटिन थालेको छ । आइतबार भेटिएका ती संक्रमित मध्ये टोकियमा मात्र पाँच सय ६१ जना छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *