अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू जारी

International मुख्य समाचार

पोखरा, मंसिर ७ गते । अमेरिकामा कोरोना भाइरस कोभिड १९ का संक्रमित बढ्दै गएपछि क्यालिफोर्निया राज्यले कर्फ्यू सुरु गरेको छ।

शनिबारदेखि कर्फ्यू सुरु भएको अमेरिकी संचामाध्यमले जनाएका छन्। यस कर्फ्यूको नियम राति १० बजेदेखि बिहान ५ बजेसम्म मात्र लागू हुने बताइएको छ। कर्फ्यू को समयमा अत्यावश्यक कामका लागि मात्र घर बाहिर तथा कामको लागि निस्कन पाइन्छ। अमेरिकामा हाल १ करोड २४ लाख ५० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

विश्वमै सबैभन्दा बढी कोरोनाले प्रभावित अमेरिकामा हालसम्म २ लाख ६१ हजारको यसै भाइरसका कारण ज्यान गएको छ। ७४ लाख भने कोरोनामुक्त भएको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *