फेसबुकका संस्थापक मार्क जुकरबर्ग रुसको संसदमा सम्बोधन गर्दै

International अन्तराष्ट्रीय खबर समाचार

सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलार्ई रुसको माथिल्लो सदनका सांसदहरूलाई संसदमा सम्बोधन गर्न बोलाइएको छ । सदनको पूर्ण बैठकलाई सम्बोधन गर्ने गरी जुकरबर्गलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले जानकारी दिएका छन् । मत्भीयेन्कोले भने ‘हामीले उहाँलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उहाँको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौँ ।’ साथै जुकरबर्ग आउन सक्ने नसक्ने कुरालाई पनि मध्यनजर गरिएको छ । उनलाई निमन्त्रणा गर्ने सल्लाह सिनेटर एनटन बेल्याकोभबाट आएको साथै संसदमा “आवर अफ एक्सपर्ट” नामक कार्यक्रममा पाहुना वक्ताले सांसदहरुसँग प्रश्न उत्तर गर्ने प्रचलन रहि आएको समेत जानकारी प्राप्त भयो । र सो कार्यक्रममा जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम राखिएको उनले समाचार संस्थालाई जानकारी दिएका छन् । एजेन्सी

2 thoughts on “फेसबुकका संस्थापक मार्क जुकरबर्ग रुसको संसदमा सम्बोधन गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *