Friday, November 27, 2020

नेपाल

पछिल्लो २४ घण्टामा देशभर १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, मंसिर ११ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जना व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर १ हजार ४ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। […]

आर्थिक

खुला ठाउँमा खाना खान आउनेलाई काठमाण्डौ महानगरले काम दिने

काठमाण्डौ, मंसिर ३ गते । काठमाण्डौ महानगरपालिकाले खुला ठाउँमा खाना खान आउनेलाई काम दिने भएको छ । काम गर्न सक्नेहरुलाई हप्ताको दुईदिन काम दिएर १४ सय रुपैयाँ दिने तयारी भइरहेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो । कसैको ठूलो परिवार छ भने उनीहरुमध्ये २ जनालाई काममा लगाउने र काममा लगाएबापत हप्ताको १४ सय रुपैयाँको […]

आजदेखि सार्वजनिक ठाउँमा खाना खुवाउन बन्द

काठमाण्डौ, मंसिर २ गते । काठमाडौँ उपत्यकामा विगत लामो समयदेखि खुलामञ्च लगायत सार्वजनिक स्थानमा खाना खुवाउने कार्य गरिएकोमा आज देखि उक्त कार्य बन्द हुने भएको छ । स्वास्थ्य चुनौती र कोरोना सङ्क्रमण फैलिने जोखिमका कारण खुला ठाउँमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने भएको हो । काठमाण्डौ महानगरपालिका र भोजन […]